13Shares

सेवा साधन र सत्सङ्ग मुल मन्त्र लिएर भारतको ब्यङ्लोरमा अन्तर्राष्ट्रिय सेन्टरको रुपमा स्थापना भएको द आर्ट अफ लिभिङ नामक सस्थाको नेपाली सेन्टर काठमाडौंले तीन दिने नबरात्री विशेष सत्सङ तथा कलश यात्रा आयोजना गरेको छ ।

विश्व शान्ति, सुख तथा समृद्धिको लागि द आर्ट अफ लिभिङ्ले नेपालका लागि प्रमुखको भुमिका निभाउनुहुने स्वामी पूर्णतेजको अगुवामा उक्त कलश यात्रा सगै नबरात्री विशेष कार्यक्रमको आयोजना गरेका हुन । सस्थाको नेपालका लागि काठमाडौ स्थित रहेको सेन्टर योग पार्क, शंखमुलमा एक भब्य कार्यक्रमबीच शुक्रबार बेलुका ४ बजे बाट नै उक्त कार्यक्रम सन्चालन भईसकेको द आर्ट अफ लिभिङका प्रशिक्षक तथा नेपालका लागि प्रमुख स्वामी पुर्णतेजले आयो न्युजलाई टेलिफोन मार्फत जानकारी दिए।

उनका अनुसार नबरात्री विशेष सत्सङ तथा कलश यात्रा कार्यक्रम शुक्रबारबाटै सुरु भएको र तिन दिन आइतबार सम्म काठमाडौ सन्खमुल योग पार्क द आर्ट अफ लिभिङको सेन्टरमा हुनेछ। सोही सस्थाले यसअघि भरतपुरको चितवन-१०,चौबीसकोठि चितवन पुरानो मेडिकल कलेज रोडमा आजै शनिबार दिउसो ४ बजेदेखि ६ बजेसम्म गुरुपुजा,मेडिटेसन, देवि कवचम च्यान्टिङ , नवदुर्गा भवानीको विशेष आरधना (सत्सङ) र गुरुदेव श्री श्री रबि शंकरको आवाजमा लङ सदुर्शन क्रिया फ्लोअप साथै शुभकामना आदानप्रदान कार्यक्रम समेत गरी सकेको द आर्ट अफ लिभिङ चितवन परिवारले जनाएको छ ।

यस सस्थाका सस्थापक गुरुदेव श्री श्री रवि शंकर भन्नुहुन्छ ‘नवरात्रि’ प्रार्थना र कायाकल्पको समय हो । जहाँ हरेक वर्ष जस्तै यस बर्षको नवरात्रि आर्ट अफ लिभिङ इन्टरनेशनल बैंगलोर आश्रममा विश्वभरका साधक, भक्तजन र मानिसहरू गुरुदेवको उपस्थितिमा नवरात्रि मनाउन पुगिसकेका छन । जहाँ गुरुदेवको भौतिक उपस्थितिमै नवरात्रिमा गुरुदेवको उपस्थितिमा प्रत्यक्ष होमा र पूजामा भाग लिन पाउने अबसर समेत पाएका छन ।

कार्यक्रम २० तारिखबाट सुरु हुनेछ भने नेपाली समय र मिति अनुसार कार्तिक ३ गते बिहान ९ः१५ श्री महा गणपति होमा,कार्तिक ४ गते बिहान ७ः१५ महारुद्र होमा,दिउँसो ४ः४५ महासुदर्सन होमा,कार्तिक ५ गते बिहान ७ः१५ बजे श्री शत चण्डि होमा,कार्तिक ६ गते बिहान ९ः१५ मा ऋषि होमा लगायतका कार्यक्रमहरु हुने आयोजकले जनाएको छ ।