0Shares

सुनसरीको धरान ६ स्थित पानमारामा आगलागी हुदा करीब ८ लाखौंको क्षेती भएको छ । धरान ६ पनमाराका वडा अध्यक्ष भुपेन्द्र भट्टराईका जेठा दाजु फणिन्द्र भट्टराईको ग्वाली गोठमा आइतबार दिउँसो साढे १ बजे उक्त आगलागी भएको हो ।

भट्टराईको पानमारा स्कुल डाडा स्थिर रहेको घर छेउको रहेको ग्वाली गोठमा आगलागी हुदा उक्त मुल्य बराबरको क्षेती हुन पुगेको आगलागी पिडित फणीन्द्र भट्टराईका भाई तथा वडा अध्यक्ष भुपेन्द्र भट्टराईले आयोन्युजलाई जानकारी दिए । आगलागी विद्युत सर्ट भएको कारणले भएको हो भने आगलागीमा परि कुनै पनि मानवीय तथा चौपायामा क्षेती नपुगेको वडा अध्यक्ष भुपेन्द्र भट्टराईले जानकारी दिए ।

हाल आगलागी पुर्ण रुपमा नियन्त्रणमा आएको छ भने उक्त आगलागी नियन्त्रणमा धरान उपमहानगरपालिकाका २ वडा दमकल, सशस्त्र प्रहरी, जनपथ प्रहरी तथा स्थानीयले करिब १ घन्टापछि नियन्त्रणमा लिएको थियो ।