©Aayo News.Com
0Shares

भारतको सितामढी जिल्ला बाजपट्टीका २६ बर्षिया सतिस कुमार शर्मा पेसाले ग्यारेज मिस्त्री हो । उनी २६ बर्षिया भए । उनी भारतको मिथिला युनुभर्सिटी दर्भङगा बाट २०१९ मा ग्रेजुएसन गरेका हुन । त्यस्मा पनि उनी आफ्नो ब्याचकै ग्रेजवेसन ३ रेन्जका टपर समेत हुन । उनको परिचय यति मै मात्र सिमित छैन । उनी ग्यारेज मिस्त्रीका अलाबा काठको काम,मुर्तिकार समेत हुन । यी माथी उल्लेखित सम्पुर्ण सिपले भरिपुर्ण सतिसको भने नेपाल यात्रा अन्य ग्यारेज मिस्त्रीहरुका लागि निकै नै प्रेरणादायि छ ।

लक्ष्मी मोटर साईकल वर्कसप गोलधाप २ झापामा मोटरसाइकल बनाउदै गर्दा आयो न्युजले भेटेका सतिसको आत्मबृतान्त जान्ने कोसिस गरेका छन । जुन आत्मवृतान्त सतिस कुमार शर्माले आफैले सुनाए उनले भने म अहिले २६ बर्षको भए १० बर्ष अघि देखिनै मैले मेरो भिनाजु २९ बर्षिया अमरजित ठाकुरले चलएको ग्यारेजमा आएर काम गर्न थाले । झापाको गोलधाप वडा न २ गोलाधाप बजारको तत्कालिन राङा गोरु गाडाबाल नामले चिनिने स्थानमा हाल मोटरसाइकल ग्यारेज छ त्यस्मा कम गर्न थाले । उनले भने मेरो भिनाजु अमरजित ठाकुरको बुवा देबेन्द्र ठाकुरले कयौ बर्षदेखि यहाँ यहि गोरु गाडावाला नामबाट ब्यापर गर्ने गरेका थिए । उनी सङै मेरा भिनाजु अमरजित समेत काम गर्दै जादा अढाई बर्ष अगाडी मात्र कोरोनाकालमा मेरा भिनाजु अमरजितको देहावसान भयो उनै भिनाजुका बुवा देबेन्द्र ठाकुर खसेको एक महिना नबित्दै भिनाजु अमरजित समेत खस्नुभयो । र यो सब ग्यारेज सम्हाल्ने जिम्मेवार भने मेरो काधमा आयो । सतिस कुमार भन्छन म सन २०१४ नेपाल आएको हु । यहि बसेर काम पनि गरे अहिले दिदी सगै घरमा बसेर आफै यो ग्यारेज सम्हाल्दैछु। उनी यतिमा मात्र सिमित भएन उनले आफू बिहान ७ बजेदेखि नै काममा जाने गरेको समेत सुनाए ।

उनी मोटरसाइकल बनाउन मोटरसाइकल बालाहरुको घरमा नै गएर बनाईदिने गरेको समेत बताए । उनको मोबाईल ९८०६०९५०८२ मा फोन आउने बितिक्कै गोलधाप हल्दिबारी गाउँपालिकाको विभिन्न स्थानका साथै राजगढ, घैलाडुब्बा हल्दिबारीसम्म पुगेर घरमा नै बिग्रेर रहेको तथा ग्यारेज सम्म ल्याउन नसक्ने मोटरसाइकल बनाईदिन जाने गरेको सुनाए । उनले भने म बिहानै ७ बजे नै घरबाट हिड्ने गरेको छु भने मेरो ग्यारेज राती १२/१ बजे सम्म पनि खुल्ला नै हुने गरेको छ । उनी थप्छन म कसैले मलाई कल गरेर बोलाए मोटरसाइकल बनाउन घरमा नै पुग्छु त्यहा चिया खुवाएको भरमा नै बनाई पनि दिने गरेको छु भने कसैसङ बनाएको चार्ज सामन बाहेक २५० रुपैया सम्म लिने गरेको छु । मैले मेरो नियमित ग्राहकलाई केही सुल्क नलिई आकस्मिक रुपमा बोलाएको खन्डमा तुरुन्त गएर बनाईदिने गरेको छु भने नचिनेको वा रेगुलर कष्टममर लाई होम सेवा दिदा केही दुरिअनुसार २५० सम्म समेत लिने गरेको छु ।

उनी स्कुटीको काम मुम्बईको मुन्न्ना ग्यारेजमा सिकेको सुनाए मुम्बईमा पहिलो पटक उनी १२ बर्षको उमेरमा ॐ साई ग्यारेजमा काम सिकेको र ६ महिना काम समेत गरेको बताए । पछि सतिश घर आएर नेपालको झापा जिल्ला गोलधाप २ स्थित रहेको लक्ष्मी मोटर साईकल वर्कसपमा काम गर्न थाले । उनले भने मलाई मेरो भिनाजु हाल स्व. रह्नुभएका भिनाजुले बोलाएर करिब १३ बर्षको उमेरमा नै काम गर्न आएको थिए। अहिले यो ग्यारेजमा मैले ८ देखि ३२ नम्बर सम्मको रेन्च गाडी बनाउन चलाउने गरेको छु गाडी सबै खाले बनाउछु तर मेरो ग्यारेज मोटरसाइकलको मात्र छ । आफुले मोटरसाइकल मात्र नभई अटो र ट्याक्टर समेत बनाउन सक्ने सुनाए । उनै सतिशको ग्यरेजमा कुनै स्टाफ छैन भने उनी दिन रात एक्लै काममा खट्छन र उनका भिनाजुले घर तथा ग्यारेज बनाउन लिएको २०/२२ लाख ऋणको भार पनि सतिश एक्लैले सम्हालिरहेका छन । उनी भन्छन भिनाजु बितेर जानु भो ऋणपनि थुप्रै छ यहि ग्यारेजको कमाईले सल्टाउनु पर्छ काम त दिनरात नभनी गर्ने परो नि ।

उता उनै सतिशको काम बारे आयो न्यूजले स्थानीय तेज राईलाई जिज्ञासा राख्दा तेज राईले समेत उनको बखान गर्न पछि परेन उनले आफु ग्यारेज नजिक भएकोले सतिशको बोली वचन राम्रो भएको बताए । उनी जतिको नम्र बोली र काम गराई अरु ग्यारेजहरुमा आफुले नपाएको बताए । तेज राई भन्छ्न पैसा भन्दा मेहनत राम्रो गर्ने भाई हो सतिश रातबिरात जतिखेर भन्यो त्यति खेर सेवा दिने यो गाउपालिकामा उ मात्र हो । तेज राईले भने उसको भिनाजुको आफ्नै घर हो ग्यारेज भको ठाँउ त्यसैले पनि होला कमाई पनि राम्रै होला । उता सतिशको ग्यारेजको सामानबारे कुरागर्दा आफुहरु मोटरसाइकलका पार्टपुर्जा तथा अन्य सामनहरु बिर्तामोड बाट ल्याउने गरेको सुनाएका छन ।

तसर्थ नेपाली समाज र समग्र नेपाली युबाहरु जो पढे लेखेर भएपनी मेहनत कम गर्ने गरेका छन भने बिदेशी भुमिमा पसिना बगाउन बिबश छन त्यस्ता युबाहरुलाई यी भारतिय मुलुकका ग्रेजवेशन टपर सतिशक मेहनत र उनको जिबनीबारे प्रेरणादायि येस्ता आलेख सामाचारले थोरै भएनी छोउन यो दशैको समयमा यहि कामना ।