0Shares

सुनसरीको धरान १८ बृद्धचोक स्थित स्थापना भएको बिमल पुस्तकालयले आफनौ ५२ औं जन्मजयन्ती तथा ३२ औं राष्ट्रिय कविता महोत्सव आउदो कार्तिक १९ गते आयोजना गर्देछ । ३२ औ राष्ट्रिय कविता महोत्सव तथा कवि विमल गुरुङको ५२ औ जयन्ती नाम दिईएको उक्त कबिता महोत्सवको अवसरमा नगद राशी दुई लाख रुपैयाँ, ताम्रपत्र र दोसल्ला सहित प्रदान गरिने पुरस्कार यसबर्ष भने दुई पुस्तकलाई प्रदान गरिने भएको छ ।

पुस्तकालयका अध्यक्ष पुर्ण बहादुर गुरुङले पुस्तकालयकै नाममा एक करोड रुपैयाको अक्षय कोष राखेर गत वर्षदेखि नगद २ लाखको रुपैयँको विमल कृति पुरस्कार प्रदान गर्दै आएको समेत जानकारी दिए । कवि विमल गुरुङ स्मृति पुस्तकालयले यस बर्ष दुई लाख राशीको कवि विमल गुरुङ कृति पुरस्कार २०७९ दुई जना कविहरुको कृतिलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । धरान १८ बुद्धचोक स्थित रहेको कवि विमल गुरुङ स्मृति पुस्तकालयले शनिबार फुलपातीको दिन गोरखाका कवि चन्द्र गुरुङको ‘जब एउटा मान्छे हराउछ’ र भारतको मिरिक दार्जिलिङ निवासी विजय वान्तावा कैलाशीको ‘मित्याङ्सा’ लाई विमल गुरुङ कृति पुरस्कार दिने घोषणा गरेको हो ।

पुरस्कार छनौट समितिका सदस्य एवं कवि राज माङ्लाकले यसपटक दुई कृतिलाई संयुक्त रुपमा पुरस्कार प्रदान गरिने जानकारी दिएका थिए । ‘चन्द्र गुरुङको कविता कृति ‘जब एउटा मान्छे हराउँछ’ नेपाली साहित्यमा शालिन शैलीमा व्यक्त जीवनका शाश्वत मूल्यको खोजी गरिएका कविताहरूको संग्रह हो । ध्यानस्त मुद्राका कविताहरूको आश्वादन यो कविता कृतिको अब्बल पक्ष हो । गहन संवेदना र काव्यिक अभिव्यक्ति कविताका शक्ति हुन,’ पुस्तकालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ । कवि चन्द्र गुरुङको कविता कृति नेपाली, अंग्रेजी र हिन्दीमा प्रकाशित भइसकेको छ ।

यस्तै, मिरिक निवासी विजय बान्तवा कैलाशीको कृति ‘मित्याङ्साबारे विज्ञप्तीमा भनिएको छ, दार्जिलिङ क्षेत्रमा नेपाली भाषी गोर्खालीहरूले भोग्दै आएको भौगोलिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक आन्दोलनको आरोह–अवरोहलाई सुन्दर शैलीमा पस्किएको गद्य कृति हो । अनुभूतिजन्य भाषामा यसले दार्जिलिङ क्षेत्रको विद्रोह बुझ्न र बुझाउन प्रयत्न गरेको छ । पुरस्कारका लागि गरिए अनुसार स्वदेश तथा विदेशबाट नेपाली भाषी लेखक९साहित्यकारहरूबाट १०१ कृति प्राप्त भएको पुस्तकालयले जनाएको छ । ती मध्ये पहिलो चरणमा श्रेष्ठ २१ ओटा कृति छनोट गरिएको र त्यसमध्येबाट पनि दुई कृति पुरस्कारका निम्ति चयन गरिएको थियो ।