0Shares

सुनसरीको धरानमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा धनकुटाको सहिदभूमि गाउँपालिका–१ घर भई धरान १६ डेरा गरि बस्ने ४९ वर्षीय हरिभक्त राई रहेको प्रहरीले जनाएको छ ।

धरान–१५ सदन रोडस्थित भित्री सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र. १–०२–०४७ प ७७८२ नम्बरको २०० सिसीको पल्सर मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटनामा परेको थियो । गम्भीर घाइते बनेका राईको उपचारका लागि तत्कालै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र उपचारका क्रममा बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानले जनाएको छ ।

त्यस्तै धरान–८ सिद्धकाली चोकस्थित कोशी लोकमार्गमा धरानबाट इटहरी जाँदै गरेको को१ख ७७७८ नम्बरको बस र विपरीत दिशातर्फ आउँदै गरेको बा२झ २६६९ नम्बरको कार एकआपसमा ठक्कर लागि दुर्घटना हुँदा बस चालक धरान–१६ बस्ने वर्ष ३५ को केदार चौलागाई घाइते भएका छन् भने धरान–१३ जिरो पोइन्ट स्थित कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ह ८९७१ नम्बरको सिटी सफारी ब्रेकफेल भई अनियन्त्रित भई पोलमा ठक्कर दिएर दुर्घटना हुँदा सफारी चालक बराहक्षेत्र–६ बस्ने वर्ष ४८ का प्रेम लिम्बू घाइते भएका छन् । उता सुनसरीको दुहवी–११ भित्री पक्की सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को४प ९१७८ नम्बरको १२५ सिसीको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को२४प १७५८ नम्बरको १२५ सिसीको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा को ४ प ९१७८ नम्बरको चालक दुहबी–न.पा.११ बस्ने वर्ष ५० को अनन्तराम चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । को२४प १७५८ नम्बरको मोटरसाइकल चालक देवानगंज–२ बस्ने वर्ष २९ को नजामुदीन मियाँ सामान्य घाइते भएको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी झापा गौरीगंज गापा–५ मा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । को३३प ६३६४ को मोटरसाइकल र र बिपरीत दिशाबाट आउँदै गरेको को२८प ३०८६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा को३३प ६३६४ नम्बरको मोटरसाइकल चालक मोरङ रतुवामाई–३ बस्ने वर्ष ६० को कैलाप्रसाद ताजपुरीया गम्भिर घाइते भएका थिए ।

उनलाई अस्पताल पुरयाउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । अर्का मोटरसाइकल चालक तुलसी ताजपुरिया सामान्य घाइते भएका छन् । तीब्र गतिका कारण दुर्घटना भएको झापा प्रहरीले जनाएको छ