0Shares

एउटा छापामाार तुलसी पाण्डे जो आफ्नै जिबनमा पार्टी र सहयोद्ध्याको साथ समेत नपाउदा अन्तत कृषि रोजे र जीवन तुलसीजस्तै गुणि बनाएका छन । सुनसरीका एउटा छापामार जो झण्डै दुई दशकअघिको दैनिकी बन्दुक बोकेर बितायो । सो समय उनी बन्दुकलाई नै अंगालो हाल्दै बन्दुककै सिरानी लगाएर सुत्ने गरेका थिए । जनयुद्ध गर्न र गरिव उत्पीडित र निमुखा जनताको मुक्तिका लागि निस्किएको थियो ऊ बन्दुक भिरेर आज त्यही छापामार बिहान ब्युझिने बित्तिकै फूलको स्याहार गर्छ। फूलबारीमा रमाउँछ। फूलको सुवास लिन्छ अनि आफ्नो आत्मनिर्भरता र परिवारको पालन-पोषणका लागि निरन्तर लागि पर्छन् आफ्नो फुलबारीमा । ती छापामार अरु कोहि नभई सुनसरीको बराहक्षेत्र नगरपालिका वडा न १ का तुलसी पाण्डे हुन ।

तुलसी पाण्डे २०५६ सालमा माओवादी पार्टीमा आबद्ध भएका थिए । उनी २०५७ सालबाट छापामार युद्धमा होमिए । सोलुसल्लेरी छठी बटालियनबाट वि.सं. २०५८ मा जनमुक्ति सेनामा भर्ती भए । भोजपुरको दोभानेमा तालिम सकेपछि मेची-कोसी क्षेत्रीय कम्पनी गठन भयो । सेक्सन कमान्डर बने छैठौ बटालियनबाट सुरु भएको उनको यात्रा बटालियन १८ औ सम्म पुग्यो । सोही क्रममा पाण्डे जन्डिसको सिकार समेत भए। जण्डिस लागेकोले उपचार गर्न मोरङको लेटाङ झरेका उनी उपचार गरेर फर्कदा मोरङको मुर्चुी भन्ने स्थानमा बि. स.२०६० सालमा पक्राउ परे । उनलाई मोरङको बेलबारी ल्याइयो । केही समय इटहरी पृतनामा राखियो । त्यसपछि इलाका प्रहरी कार्यालय इटहरीको जिम्मा लगाइयो । इटहरी प्रहरीले उनलाई जेल चलान गर्यो । विराटनगर कारागारमा पाण्डेले १५ महिना जेल जीवन बिताए । निहत्था र आधारविहीनलाई पक्राउ गरिएको भन्दै आइसीआरसीको पैरवीमा उनी २०६२ मा जेलमुक्त भए । जेलमुक्त भएपछि पार्टीको नियम निगरानीमा राख्ने थियो । केही समय उनी घरमै बसे । २०६३ मा उनी वाइसियलको क्षेत्रीय उपाध्यक्ष भए । त्यसपछि उनी जिल्ला कमिटीको सदस्य भए । कोचिला राज्य कमिटीको इञ्चार्ज हरिबोल गजुरेल हुँदा उनी प्रदेश कमिटी सदस्य बने । बि. स. २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन एकीकृत माओवादीका तर्फबाट बराहक्षेत्र १ को वडाध्यक्षको टिकट पाए। सहमति विपरीत पार्टीमा अवाञ्छित गतिविधि भएको भन्दै उनी १७ महिना निष्क्रिय रहे। हाल नेकपा (माओवादी केन्द्र) को सुनसरी जिल्ला कमिटी सदस्यमा उनलाई पार्टीले निरन्तरता दिएको छ। राजनीतिमा लागेर मात्रै परिवारको भरणपोषण गर्न सकिदैन, राजनीति विशुद्ध समाजसेवा हो, व्यक्तिगत लाभका लागि होइन भन्ने उनको मान्यता रहेको छ ।

उता आलोचनात्मक चेतले हेर्ने हो भने त्यतिबेला छापामार पाण्डेको बन्दुकको एउटा गोली’ कुनै परिवारको विभाजनको कारक बन्थ्यो तर आज परिवर्तित छापामार पाण्डेको उत्पादन गरेको एउटा फूलले चेली र माइतीको सम्बन्ध जोड्ने कारक बन्न पुगेको छ । पाण्डे भन्छन बन्दुकको कठोरता समाएका हातले कुनै दिन फूलको कोमलता स्पर्श गर्लान् भन्ने सोचेके थिईन तर आज हुदैछ । जीवनलाई जनताका निम्ति उत्सर्ग गर्न माओवादी जनयुद्धमा होमिएका एक छापामारको दैनिकी सम्पूर्णरूपले कायापलट भएको छ यतिबेला। माओवादी शान्ति प्रक्रियामा आएपछि पहुंच र प्रतिनिधित्व प्राप्त गर्नु एउटा गाउले ठिटोका लागि बन्दुक उठाउनुभन्दा बढि चुनौती सयपत्री लगाउनु नै सङ्घर्षमय बन्यो ।

आफुसङैको सहयोद्धाहरुले राजनीतिक उचाइ लिंदा उनी आफू भने व्यक्तिगत स्वभाव र स्वाभिमानजन्य कारणले त्यो स्थानमा पुग्न सकेनन् र आफ्नै परिवेशमा कृषिकर्मलाई अंगाल्न पुगे। अहिले त्यही कृषि असीको दशकको मध्यतिर उदाएको र नब्बेको दशकमा आफ्ना गीत सङ्गीतले पारखीको मन जितेको व्याण्ड गन्स एण्ड रोजेजको झल्को दिने सङ्गीतमय जीवन बनेको छ तुलसी पाण्डेको । माओवादी जनयुद्ध सङ्घर्षमा बन्दुक बोकेका उनै पूर्व छापामार बन्दुक विसर्जनपछि अहिले फूलखेतीमा लागेका छन्। पहिले जनताको मुक्तिका लागि बन्दुक बोकेका स्पेसल टास्क कमान्डर अहिले फूलको (फोर्स एसटिएफ) सेक्सन कमान्डर बनेका छन । कोशी नदि किनारको बालुवामय बन्जर जमिनमा आत्मनिर्भरताका लागि फूल उत्पादनमा लागेका छन् उनी । उनी भन्छन् ‘हिजोको परिस्थिति र आजको परिस्थिति बदलिएको छ। हिजो नेपाली जनताको मुक्तिका लागि सङ्घर्ष गरे आजको परिस्थितिमा सबैलाई आत्मनिर्भर बन्नु पर्ने अवस्था छ त्यसैमा ध्यान केन्द्रित गर्दै पुष्प खेती सुरु गरेको छु ।

बि. स.२०५६ सालदेखि माओवादी जनयुद्धमा समाहित पूर्व एसटिएफ सेक्सन कमान्डर पाण्डेले भने, पार्टी शान्ति प्रक्रियामा आइसकेपछि व्यक्तिगत जीवन निर्वाहका लागि गाह्रो अप्ठेरो होला कि भन्ने ठानेर आत्मनिर्भरताको बाटो अपनाएको बताउछन् ।’ त्यस्को लागि सात कट्ठामा सयपत्री फूल खेती गर्दै आत्मनिर्भरताका लागि अघिल्लो वर्ष ५ कट्ठा जग्गामा व्यावसायिक फूल खेती गरे। अनुभवका लागि फूलखेतीबाट केही हजार रुपैयाँ आम्दानी भएपछि यही पेशालाई निरन्तरता दिए । ‘कृषि र पशुपालन पेशामा पनि असफलता भोगेकै हु पाण्डेले भने । यसअघि उनले बाख्रापालन व्यवसाय गरे । त्यो पेशाले उनलाई पोसाएन । त्यसपछि रागा पालन गरे । त्यसमा पनि उनले सफलता हात पार्न सकेनन् । रोगव्याधिले व्यवसायबाट भनेजस्तो आर्थिक आय हुन सकेन । तर जब उनले १२ कट्टामा तरकारी खेती र फुल खेती गरे त्यही पेशा नै आत्मसन्तुष्टिमा परिणत भएको छ उनका लागि।

पाण्डे गत वर्षदेखि सयपत्री फूलको खेती गरेका यसमा सम्भावना देखेका छन्। चतरा नहरनजिकै रहेको बस्ती वालचन खोरियाबाट सिंचाइको जोहो गरेका छन् । सयपत्री खेतीसँगै उनले कागती खेती पनि गरेका फूल बिक्री गर्न बजार धाउनु पर्दैन, व्यापारी खेतीमै आउने गरेको पनि पाण्डे सुनाउछन । कोसी किनार चतरा नहर नजिक भए पनि खेतीपाती सिंचाइको अभाव छ। स्थानीय सरकारले वास्ता नगरेपछि पाण्डे र स्थानीयवासी प्रदेश सरकारको गए। प्रदेश सरकारले पानीको स्रोत पत्ता लगाएको छ। डिप बोरिङसमेत गरिएको छ। अब त्यहाँबाट पम्पिङ गर्न बाँकी छ । आगामी वर्ष प्रदेश सरकारको सहयोगमा सिंचाइ हुनेमा पाण्डे विश्वस्त छन्। सिंचाइपछि खेतीपातीबाट राम्रो आम्दानी गर्न सक्नेमा उनी बिश्वस्त छन । सिंचाइ सुविधा नहुँदा बारीमै तरकारी गयो उनी भन्छन ।

उनी हाल आफ्नो आफ्नै खेतबारीमा उत्पादन गरेको फुल ‘गत वर्ष २०-२५ हजारको बिक्रीमा गरे । ५० वटा फूललाई एक मुठा बनाउँदै एक सय रुपैयामा बिक्री गर्ने गर्छन्। पाण्डे हाल भने बालचन खोरियाबाट २ इन्चको पाइपबाट पानी ल्याएरै खेती गर्दै आएका छन् । पालो लगाएर पानीको उपभोग गर्नुपर्छ’ पाण्डे भन्छन्, डिप बोरिङबाट आगामी वर्ष पानी ल्याउनसके खेतीपाती राम्रै होला ।