©Aayo News.Com
0Shares

चतराको नहरमा नेपालकै पहिलो पटक पानी सुल्के प्रतियोगिता हुदैछ । युवा सशक्तीकरण, मेलमिलाप र आपसी सदभाव भन्ने नारा लिएर सुनसरीको बराहक्षेत्रमा नेपालकै पहिलो पटक स्टोन स्किपिङ अर्थात पानी सुल्के खेल प्रतियोगिताको आयोजना हुनेछ ।

चतरा हाईकिङ समुहको आयोजना तथा बराहक्षेत्र नगरपालिकाको सहयोगमा बराहक्षेत्र नगरपालिका वडा न १ मा अवस्थित रहेको चतरा नहरमा भाईटिकाको अघिल्लो दिन,गोबर्धन पुजाको दिन बिहान ११ बजेबाट सुरु हुने आयोजक समितीका सदस्य भीषण राईले जानकारी दिए । राईका अनुसार खुल्ला रुपमा सबैले सहभागी जनाउन सकिने उक्त खेलमा सहभागि हुन खेलाडीलाई प्रवेश शुल्क सय रुपैयाँ तोकिएको छ।

नेपालकै सबैभन्दा ठुलो चतरा नहरमा यो खेल आयोजना हुदैछ। यो खेल सामान्यतया नदि, तलाउ, पोखरी र नहरमा ढुङ्गा फालेर खेलिने गरिन्छ। चेप्टो र गोलाकार ढुङ्गालाई पानीको सतहमा हुईकियाएर यो खेल खेलिन्छ। जसमा पानीको सतहमा उक्त ढुङ्गा कतिपटक उफ्रीन्छ त्यसको गणना गर्ने गरिन्छ। यहि आधारमा नेपालमा नै पहिलोपटक यो प्रतियोगिता आयोजना गरिएकोले धेरैलाई यो खेल नौलो लाग्न सक्छ राईले शुक्रबार धरान ७ स्थित मधुशालामा आयोजना गरेको पत्रकार सम्मेलनमा भने । राईका अनुसार यो एउटा सामान्य र मनोरञ्जनात्मक खेल हो। यो खेल अमेरिका, आयरल्यान्ड, स्कटल्याण्ड लगायत देशमा नदि, ताल, बिच र जाम पानीमा प्रत्येक बर्ष प्रतियोगिताको रूपमा खेलिने गरिन्छ ।

त्यहाँ ठुला ठुला प्रतियोगिता नै आयोजना हुने गर्दछ । गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार ८८ पटक ढुङ्गा उफारेर अमेरिकी नागरिक कर्ट स्टेईनरले सन २०१३ मा यो खेलमा रेकर्ड राखेका समेत छन् । उस्लाई माउन्टेन म्यान उपनामले पनि चिन्ने गरिन्छ। उक्त खेल आयोजना हुदा महिलातर्फ र पुरुष तर्फ गरेर २ बिधामा खेलाईने छ भने यस खालको खेल पहिलोपटक भएकोले पुरस्कार सामान्य राखिएको छ। सबैको साथ सहयोगले आयोजना गरिएको यो प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने प्रतिस्पर्धिलाई क्रमश नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्रदान गरीने आयोजकले जनाएको छ ।

आयोजकका अनुसारै आयोजना हुन केहि समय थप बाकि र सहयोग प्राप्ति बढ्न सक्ने भएकोले पुरस्कार राशी बढाउन सकिने पनि जनाएको छ। हामी धेरैले यो खेल बाल्य अवस्थामा खेलेकै छौ शायद तपाई हामिमा ति सबैको अनुभव साचिएका छन् ।

यो खेल अहिले त्यस्को पुनरावृत्ति पनि हो। यो खेलले तपाइँको त्यो समयलाई पनि सम्झाउनेछ भन्ने हामिलाई बिश्वास छ भने यो रमाइलो खेलको लागि तपाईं हामीसँग जोडिनसक्न पनि आयोजक चतरा हाइकिङ समुहका सदस्य युबराज भट्टराईले बताए ।