0Shares

चाडपर्बको बेला शैक्षिक भ्रमणको क्रममा नेपालको पश्चिम तीन जिल्लाहरु म्याग्दी, नवलपरासी र स्याङ्जा बाट पुर्बी नेपालको धनकुटा गएर आउने क्रममा धरान १३ अमर हाट स्थित नेपाल पत्रकार महासंघको कार्यालय आगाडी एक बसले अर्का बसलाई ठक्कर दिदा भयंकर दुर्घटना भएको छ । उक्त दुर्घटनामा भने कुनै मानबिय क्षेती हुन पाएन भने सोहि दुर्घटनामा परी विभिन्न बिद्यालयका विद्यार्थी र शिक्षक तथा विद्यालयका ब्यबस्थापन समितीका सदस्यहरु गरी २१ जना सामन्य घाइते भए । दुर्घटना पछि घाईतेहरुको समान्य उपचार पछि फर्काइएको छ ।

घट्ना शुक्रबार बिहान १० बजे भएको हो । बिहान ८ बजे नै जनकल्याण रास्ट्रीय मा.बि पुर्ब सुस्ता नवलपरासी हुप्सिकोट बाट ५५ जना बिद्यार्थीको टोलि लिएर धनकुटाको नमस्ते झरना आएका उक्त भ्रमण टोलि झरना पुगेर धरानतर्फ फर्किने क्रममा न ०२००-१- ख ११०८ नम्बरको गाडीको ब्रेक फेल भई सोहि दिसातर्फ ४३ जना लिएर आउदै गरेकको सगरमाथा इङलिस बोडिङ स्कुल पोखराको ग २ ख १५१३ को र अर्का ग २ ख १५८३ लर्निङ बोडिङ स्कुल स्याङ्जाबाट शैक्षिक भ्रमणमा आएको बसलाई ठक्कर दिएको थियो ।

उक्त ठक्करबाट पहिलो दुई गाडीमा क्षेती भएको थियो भने सोही बसहरुमा सबार बिद्यार्थीहरु मलङ्वा गाउँपालिका वडा न ५ म्याग्दीका १५ खिनिता गारान्जा सोही स्थानका १६ बर्षिया रोशन किसन,१५ बर्षिया गौरब रोक्का, ३६ बर्षिया सुकमाया छन्तेल, मलङ्वा गाउँपालिका वडा न १ का १५ बर्षिया दिपक किसन, १६ बर्षिया ममता तुलाचन,१६ बर्षिया यन्जिला खत्री मलङ्वा गाउँपालिका वडा न २ का १७ बर्षिया समीर बुढाथोकी, १५ बर्षिया सहाना चौधरी,१५ बर्षिया बिन्जल के.सि. सामन्य घाईते भएका थिए । त्यस्तै सोही दुर्घटनामा बर्दघाट गाउँपालिका वडा न १ नवलपरासीका सुनिता कुमारी न्यौपाने कि ३ बर्षिया छोरा सुयोग अधिकारी,वडा न १ का १७ बर्षिया रिदिप पुन,सुस्तापुर्ब नवलपरासी हुप्सीकोट गाउँपालिका वडा न ४ का १६ बर्षिया तुल बहादुर राणा सोही स्थानका १४ बर्षिया एल्बेस थापा,२४ बर्षिया जयन्ती भुजेल,काबासोती नगरपालिका वडा न १ का ४० बर्षिया तिता भुजेल, बालिङ ६ स्याङ्जाका १६ बर्षिया सौगात आले सोही स्थानका १५ बर्षिया अविस्कार रेग्मी, १५ बर्षकै मनिष थापा, ३८ बर्षिया जगतनाथ पाठक,१५ बर्षिया मुना पाण्डे,सोही गाउँपालिकाका वडा न २ म्याग्दीका १७ बर्षिया समीर बुढाथोकी घाईते ब्बएका थिए भने उनिहरु सबैको बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठानको आकस्मिक कक्षमा उपचार पछि शुक्रबार नै डिस्चार्ज गरिएको थियो ।

यसैबीच सोही दुर्घटनामा सामान्य चोटपटक लागेकाहरूलाई धरान-१३ वडा कार्यालयमा रहेको स्वास्थ्य सेवा केन्द्रमा राखेर बेलुकाको बासको ब्यबस्थापन समेत वडाध्यक्ष नेत्र काफलेले गरिदिनुभएको थियो । जहाँ वडा कार्यालय, होप धरान र आरएन ग्रुपको सहकार्यमा सम्पूर्ण अध्ययन अवलोकन भ्रमणमा आएका टोलीलाई खाना खाजा र पानीको व्यवस्था समेत गरिएको वडा अध्यक्ष काफ्लेले जानकारी दिए । बस दुर्घटना परेर घाइते र अलपत्र परेका यात्रुहरुलाई वडा नं १३ कार्यालयका जनप्रतिनिधि, स्थानीयबासी तथा सामाजसेवीहरुले उद्दार गरेर अस्पताल र वडा कार्यालयमा पुर्याएका थिए । दुर्घटनामा स्याङ्जा, सुस्ता पुर्व नवलपुर र म्याग्दीको शैक्षिक भ्रमणमा आएका विद्यार्थीहरु बोकेको तीन वटा बस दुर्घटनामा परेको थियो । ती मध्ये स्याङ्जाको टोलीले आफै बसको व्यवस्था गरेर बिहानै इटहरी गएको थियो भने सुस्ता पुर्व नवलपुर र म्याग्दीका शिक्षक, विद्यार्थीहरुलाई वडा नं १३ को कार्यालयमा राखिएको छ ।

उनीहरुलाई बालबालिका तथा ज्येष्ठ नागरिक सभाहल र वडा कार्यालयको माथिल्लो तलाको हलमा बस्ने व्यवस्था गरिएको वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेले जानकारी दिए । रेडक्रससँग समन्वय गरे ओढ्ने पनि व्यवस्था गरिएको उनले बताए ।
उता सामाजिक अगुवा तथा १३ का स्थानीय घनश्याम तिम्सिनाले शनिबार पनि घाइतेहरु फर्कन नसके थप बस्ने, खाने व्यवस्था गरिने बताएका छन । ‘मानवीयता सम्झेर सहयोग गरेका छौं । सबै दाताहरुसँग समन्वय गरेर नै खाना, खाजाको प्रबन्ध मिलायौं,’उनले भने,‘भोली पनि जान सक्नुभएन भने सहयोग गछौं ।’ सोही दुर्घटनामा परेका म्याग्दीको बाबियाचौर गाउँपालिकास्थित लर्निङ बोर्डिङ स्कुलका शिक्षक अजित सुब्बाले दुर्घटना दुःखद भएपनि धरान वडा १३ का जनप्रतिनिधि, स्थानीयबासीहरुको सहयोगी भावना देखेर खुशी लागेको बताए ।

उनले भने, ‘दुर्घटना दुःखद् हो । तर, हामीलाई धरानको १३ वडाका जनप्रतिनिधिहरुले यति खुलेर सहयोग गर्नुभयो, त्यो देखेर खुशी छौं । यस्तो खालको समन्वय, सहयोग मैले देखेको थिएन । यहाँका युवा भाईहरु पनि साह्रै सहयोगी पाए । सबैलाई बिशेष धन्यावदा दिन चाहन्छुँ शिक्षक सुब्बाले भने ।