27Shares

सुनसरीको धरानमा दुई साथि साथिबिच खुकुरी हानाहान हुदा दुबै जना घाईते भएका छन । घाइते हुनेहरूमा धरान १६ गणेशमान चोकका १६ बर्षिया सोहिल श्रेष्ठ र उनकै साथी धरान ३ का १६ बर्षिया सुजल सुन्दास रहेका छन ।

शुक्रबार धरान छाताचोक मास्तिर सिंहदेबि चोकमा दिउँसो करिब १२ बजेतिर सोहिल श्रेष्ठले आफ्नी आमा आशिका जोशी सङै जाँदै गर्दा उनी सङै रहेका श्रेष्ठकै साथी सुजल सुन्दासले सोहिलको आमालाई गाली गलौज गरेपछि दुबै साथिबिच बादविवाद हुदै हानाहान भएको थियो ।

सो क्रममा सुजलले आफुले बोकेको झोलामा राखेको खुकुरी निकाली सोहिल लाई प्रहार गरेका थिए भने लगतै सोही खुकुरी हान्ने क्रममा भुईमा खसेको र उक्त खुकुरी टिपेर सोहिलले समेत सुजल लाई हान्दा दुबै जना घाईते भएका हुन । उनिहरु दुबै जनाको टाउको,कान मुनि र दाहिने हातको पातामा गहिरो चोट लागेको छ ।

उक्त घाट्नाका गाईते दुबै युबाको बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठानको आकस्मिक कक्षमा उपचार भईरहेको छ भने झगडा गर्ने दुबै लाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएर प्रहरी निगरानीमा नै उपचार भइरहेको छ ।