0Shares


मोरङको सुनवर्षी नगरपालिका–४ मा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ बर्षीय सरिता देवी दास रहेकी छन । बुधबार बिहान ८ बजे आफ्नै घर भित्र सरसफाई गर्ने क्रममा अचानक करेन्ट लागि घाईते भएकि दासलाई उपचारको लागि रंगेली अस्पताल लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको छ ।

उता सुनसरीको दुहबी नगरपालिका–३ सोनापुर स्थितमा रहेको Premium Organic Bear फ्याक्ट्रीमा मेसिनमा चेपिएर कामदारको मृत्यु भएको छ । बुधबार राति साढे ५ बजे स्थानिय १८ बर्षिय प्रमोद सरदारको काम गर्ने क्रममा मेसिनको बेल्टमा चेपिएर घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारे जानकारी पाउनासाथ घटनास्थलमा खटिएको ईलाका प्रहरी कार्यालय दुहबीको प्रहरी टोलीले घटनास्थलको कानुनि प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमकोलागी कोशी अस्पताल बिराटनगर पठाएको थियो भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।