0Shares

धर्म सास्ंकृकिको रुपमा हरेक बर्ष मनाईदै आएका तिहार पर्व र तिहारसँगै खेलिने देउसी भैलोले नेपाली संस्कृतिको विशिष्ट पहिचान बोकेको पाईएको छ । तिहार पर्बले सहयोग, सद्भाव, मनोरञ्जन र सामूहिकताको सन्देश बोकेको एक पक्ष देउसी(भैलो गाउँघर र सहर बजारमा उत्तिकै उत्साहका साथ खेलिन्छ ।

यहि मेसोमा तिहारमा लक्ष्मी पुजाको दिनबाट नै खेलिने देउसी भैलो सुरु भएको छ । देउसी भैलो चरिरहदा सबै संघसंस्थाहरु आ आफनो कार्या तथा समाजसेवाका निम्ती देउसी भैलो खेलिरहेका छन । जुम्लेखाको अर्थ साथीभाइ जम्मा हुने ठाउँ भनेर बुझिने किरात साम्पाङ राई जुम्लेखा नेपालले भब्यताका साथ सागीतिक माहोलमा दैउसी भैलो खेलीरहेका छन ।

धर्म, भाषा, संस्कार, संस्कृतिको मान स्वरुपम सुनसरीको धरानमा बिभिन्न राजनितिक दल तथा संस्घसंस्थाहरुले पनि देउसी भैलो सुरुवात गरेका छन । सोमबार धरानको ११ मा देउसी भैलो खेल्दै गरेका किरात साम्पाङ राईहरुको समुह भेटिदा सो देउसी भैलो बारे आयोन्युज बुझने प्रयास गरेका छौ । सो क्रममा किरात साम्पाङ राईहरुको संस्था किरात साम्पाङ राई जुम्लेखा नेपालले धर्म, भाषा, संस्कार, संस्कृतिको मान, किरात साम्पाङ राईहरुको सानु भन्ने नाराका साथ आजदेखि देउसी भैलो कार्यक्रम सुरु गरेको पाईयो । बि.स. २०६४ सालमा स्थापना धरान १७ स्थित डाँडा घोपामा कार्यालय रहेको जुम्लेखाले किरात साम्पाङको सामूहिकता, धर्म, भाषा, संस्कार र संस्कृति सम्वर्धनमा काम गर्दै आएको संस्थाका अध्यक्ष जयमान साम्पाङ राईले पत्रकारहरुलाई सो बारे जानकारी दिए । अध्यक्ष जयमानका अनुसार जुम्लेखाम ४ सय घरपरिवार साम्पाङ राई आवद्ध छन । जुम्लेखाको कार्यालय देउसी भैलोबाट सङ्कलीत रकमले संस्थाको भौतिक विकास गर्ने उद्देश्य रहेको अध्यक्ष जयमानले जानकारी दिएका छन ।

उता नेकपा एमाले धरान उपमहानगर कमिटीले २०८० सालको देउसी भैली कार्यक्रम धरान ११ सृर्जना चौकबाट सुरू गरेको छ । नेपाली मौलिक चाडपर्वहरूलाई जीवित राख्न भौलिक देउसी भैली कार्यक्रम आयोजना गरिएको नेकपा एमाले उपमहानगर सचिव राजेन्द्र राईले जानकारी दिनु भयो ।

देउसीबाट उठेको रकम पार्टी संचालन तथा कार्यकर्ताहरूको क्षमता अभिवृद्धिका लागि खर्च गर्ने देउसी कार्यक्रमका संयोजक समेत रहनु भएका सचिव राईले जानकारी दिनु भयो । देउसी कार्यक्रमबाट पाँच लाख संकलन हुने पार्टीले जनाएको छ । भाईटिकाको दिनसम्म चल्ने सांस्कृतिक कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारी, कोशी प्रदेश सभा सदस्य विजयकुमार राईलगायत एमाले नेता कार्यकर्ताहरूको उपस्थिति रहेको छ ।