1Shares

सर्दु जलधार क्षेत्र तथा धरान भित्रका विभिन्न मुद्दाकाे विषयमा भाेलि मङ्सिर १४ गते सर्वोच्च अदालतले गर्ने फैसलाको विषय लाई लिएर धरानको मेयरको औलामा चल्नेहरुले खबरदारी कार्यक्रम गरेको छ ।

कार्यक्रम जनसराेकार मञ्च र स्वतन्त्र नागरिक समाजको संयुक्त आयोजनामा धरानको भानुचोकमा बुधबार अपराह्न ४ बजे गरिएको हो । ती दुबै सस्थाहरु धरानका मेयर हर्क राज राईको इसारा बिना धरानको अरु कुनै बिषयमा एक दिन पनि खबरदारी गरिएको देखिदैन । जस्को पछिल्लो उदाहरण धरानको धार्मिक तनाबलाई समेत लिन सकिन्छ ।

यदि सचेत धरान वा जनसरोकार मन्च जस्ता सस्था सचेत नै भको थियो भने बिगतका दिनमा धार्मिक द्वन्द बनकार्यलय र नगरपालिका बिचको द्वन्द निम्तिने खत्रा देखिँदा पनि किन त्यति बेला कुनै पक्षलाई सचेत गराएन वा कुनै भुमिका खेलेन यो प्रश्न समेत उठ्न थालेका छन । यति मात्र नभई यी सस्थाहरुको जुनसुकै कार्यक्रम धरानको मेयर हर्क राज राईको बिना हुदैन आखिर किन ? कुनै बेला धरान उपमहानगरपालिका सङ बन कार्यलयको फोहोर फालाफालको घटना समेत यिनै सचेत धरानका सदस्यहरुले दुबै पक्षलाई सचेत गराउनुपर्नेमा उनिहरु आफै नै कानुन समेतको धज्जी उडाउदै बन कार्यालय परिसरमा नै नगरपालिकाको फोहोर मिल्काएको कामबाट समेत प्रष्ट बुझ्न सकिन्छ ।

यी कुराहरुका बाबजुत पनि आज बुधबार गरिएको खबरदारी कार्यक्रममा जनसरोकार नेपालका कार्यवाहक अध्यक्ष हस्त राज राईकाे अध्यक्षता तथा धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क राज राई (साम्पाङ)काे प्रमुख आतिथ्यता नै रहेको थियो । यी सबै घट्नाक्रमलाई हेर्ने हो भने पनि धरानकै मेयरको इसारा नै यी दुबै सस्था चल्ने गरेको सर्बसाधारण धरानेहरुको भनाई छ ।

आज धरान २ भानुचोकमा गरिएको कार्यक्रममा स्वतन्त्र नागरिक समाजका सदस्य किसान श्रेष्ठ,बुद्धिजीवी, स्थानीय बासिन्दा, पत्रकार,लगाएत गरि ७०/८० जनाकाे उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा विभिन्न नाराहरू लेखिएक प्ले कार्ड सहित सहभागीता जनाएका थिए । उनिहरुले उक्त प्ले कार्डमा धरानकाे मुटु जलाधार क्षेत्र बचाऔ, धरानकाे मुटु सर्दु जलाधारलाई चलायमान राखाै,धरान बासिकाे खानेपानीकाे मुहान बचाऔ, सटटाभर्ना पाईसकेका लाई कार्वाही गर,भु-माफिया हाेसियार,माैलिक हक अधिकारकाे सुनिश्चित गर,दाेषिलाई कडा भन्दा कडा कार्वाही गर लगाएतका लेखिएका प्लेकार्ड सहित नारा समेत लगाएका थिए ।

त्यस्तै सोही कार्यक्रममालाई सम्बाेधन गर्दै प्रमुख अतिथि धरानका मेयर हर्क राज राईले सर्दु जलाधार बचाउकाे लागि स्थानीय सरकार नै सडकमा आएकाे अवस्था आएको बताए । उनले सम्पूर्ण धरान बासिकाे आवाजकाे प्रतिनिधित्व रहेको साथै भाेलि हुने फैसला धरान वासिकाे हितकाे पक्षमा हुनुपर्ने जस्ता भनाई राखेका थिए ।