0Shares

सुनसरीको ईटहरीमा जंगली हातीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । ज्यान जानेमा ईटहरी उपमहानगरपालिका वडा नं २ शान्ती झोडाका २५ बर्षिया रबिन खडका रहेका छन ।

खडकालाई शान्तिझोडा बनबाट आएको जंगली हात्तीले आक्रमण गरेको थियो भने सोही आक्रमणमा परि खडकाको ज्यान गएको हो । घर नजिकै जंगली हात्ती निस्किएकोले धपाउने क्रममा स्थानीय २५ बर्षिया रबिन खड्कालाई उक्त हात्तीले कुल्चिएर मारेको थियो ।

उक्त घटनाको खबर स्थानीय प्रहरीलाई प्राप्त भएसगै ईलाका प्रहरी कार्यालय ईटहरीबाट घटनास्थलमा प्रहरीको टोली खटेर सम्पुर्ण कानुनी प्रकृया पश्चात शवलाई परिक्षणको लागि बिपि कोईराला स्वाथ्य बिज्ञान प्रतिष्ठान धरान ल्याईएको र उक्त घटनाबारे थप अनुसन्धान भईरहेको सुनसरी प्रहरीले जनाएको छ ।