7Shares

चाडपर्बहरुमा समेत सामुहिक रुपमा मनोरञ्जन लिन नसकी मनोरञ्जन बिहिन बनेका धराने दर्शाहरुले लामो समयको अन्तरालपछि आज र भोली एक पटक मनोरञ्जन लिन पाउने भएका छन । सुनसरीको धरानमा आजबाट दुई दिने “धरान म्युजिक फेस्ट २०८० को नामबाट म्युजिकल कन्सर्ट हुदैछ ।

सोही कार्यक्रमबाट भने उनीहरुले मनोरञ्जन लिन सक्नेछ । सिल्वर ईन्टरटेन्टमेन्टको आयोजनामा आज मंसीर १५ शुक्रबार र भोली मंसिर १६ गते शनिबार गरी दुई दिन धरान १२ स्थित रहेको पब्लिक हाईस्कुलको खेल मैदानमा भब्य म्युजिकल कन्सर्ट आयोजना हुदैछ । स्थानीय तथा नयाँ कलाकारहरुलाई समेत बिशेष स्थान दिईने अभिप्रायका साथ पहिलोपल्ट उक्त उत्सवको रुपमा आयोजना हुन लागेको विसुद्ध सांगीतिक कार्यक्रम “धरान म्युजिक फेस्ट २०८० “को पहिलो दिन आज बेलुका ६ बजेबाट युवा पुस्ताहरुमाझ लोकप्रिय ब्याण्ड “पहेंलो बत्ति मुनि ”संगै धोकेबाज हौ तिमी गीतबाट निक्कै नै चर्चामा आएकी लोकप्रिय गायिका एलिना चौहानको बिशेष प्रस्तुति रहनेछ। “पहेंलो बत्ति मुनि ”को गौंथली , लोरी , बरी लै , म बाटो हिँड्ने लगायतका गीतहरु युवाहरु माझ निक्कै नै चर्चित छन्। त्यस्तै अहिले निक्कै नै व्यस्त एलिना चौहानको धोकेबाज संगै भाग्यमा खोट छ, तिम्रो मायाले बाँधेर राख,के माया लाग्छ र लगायतका थुप्रै गीतहरु लोकप्रिय छन्। उनी पहिलो पल्ट धरानमा आफ्नो प्रस्तुति दिन आउंदैछिन्। सोही दिन धरानको सबमर्ज ब्याण्डले समेत आफ्नो प्रस्तुति दिनेछन्।

“धरान म्युजिक फेस्ट २०८० ”को दोस्रो तथा अन्तिम दिन भोली मंसीर १६ शनिबार चर्चित गायिका तथा भ्वाईस अफ नेपालकी कोच मिलन नेवार र अहिले निक्कै चर्चामा आइरहेका धरानका प्रतिभावान गायक पूणर् राईको बिशेष प्रस्तुति रहनेछ । जहिलेसम्म संसार,गाला रातै ,इट्स स्लोली ,फूल बुट्टे सारी जस्ता थुप्रै चर्चित गीतहरुकी गायिका मिलनको पनि धरानमा आउटडोर पहिलो कन्सर्ट हो। धरानको सांगीतिक प्रतिभा पूणर् राईको गीत ”तिमी सेतो चिल्लो गाडी “करीब एक महिनादेखि युट्युबको संगीत विधा तर्फ नेपालको ट्रेन्डीङ्गमा पहिलो स्थानमा रहिरहेको छ।

त्यस्तै उनको “मनका कुरा”ले युट्युबमा १७ मिलियन बढी भ्युज पाईसकेको छ भने उनको धुर्वतारा , स्पर्शसंगीत,बिराम लगायतका अन्य गीतहरु पनि युवाहरु माझ निक्कै नै रुचाईएका छन्। अहिले काठमाडौ लगायत बिभिन्न शहरहरुमा उनको माग एकदमै बढिरहेको छ भने उक्त दिन धरानकै लासोज ब्याण्ड र दिब्यासन घिमिरेको समेत प्रस्तुती रहनेछ। त्यस्तै धरानमा रहेर नेपाली संगीत क्षेत्रमा योगदान दिने केही संगीतकर्मीहरुलाई “धरान म्युजिक फेस्ट २०८० “को स्टेजमा सम्मान समेत गर्ने योजना आयोजक सिल्भर ईन्टरटेन्टमेन्टकमा प्रमुख शौरभ श्रेष्ठले जनाकारी दिए । कन्सर्टमा प्रवेशको लागि टिकट दर २०० र ३०० को टिकटको व्यवस्था गरिएको छ भने कार्यक्रम स्टेजमा साउण्ड र लाईट व्यवस्थापनको जिम्मा सुन्दर साउण्डले लिएको कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न सम्पूणर् तयारी पुरा भएको आयोजक श्रेष्ठले जानकारी दिएका छन ।