17Shares

लामो समयको अन्तरालपछि धराने दर्शकहरुले दुई दिने धरान लाईभ कन्सर्टको मनोरञ्जन लिएका छन। सुनसरीको धरान १२ स्थित पब्लिक स्कुलको खेल मैदानमा यहि मंसिर १५ र १६ गते गरी दुई दिन चलेको धरान म्युजिक फेस्ट २०८० नामक म्युजिकल कन्सर्टबाट मनोरञ्जन लिएका हुन ।

सिल्भर ईन्टरटेन्टमेन्टको आयोजनामा मंसिर १५ गते शुक्रबार स्थानीय तथा नयाँ कलाकारहरुलाई समेत बिशेष स्थान दिईएको थियो जहा युवा पुस्ताहरुमाझ लोकप्रिय ब्याण्ड “पहेंलो बत्ति मुनि ”संगै धोकेबाज हौ तिमी धोकेबाज हौ तिमी बोलको गीतबाट निक्कै नै चर्चामा आएकी लोकप्रिय गायिका एलिना चौहानको बिशेष प्रस्तुति रहेको थियो भने धराने दर्शकहरु सो दिन भरपुर मनोरञ्जन समेत लिएका थिए । कार्यक्रममा “पहेंलो बत्ति मुनि”को ब्याण्डले गौंथली, लोरी , बरी लै , म बाटो हिँड्ने लगायतका गीतहरु गाएर मनोरञ्जन दिलाएका थिए भने सोही दिन एलिना चौहानको धोकेबाज संगै भाग्यमा खोट छ, तिम्रो मायाले बाँधेर राख,के माया लाग्छ र लगायतका थुप्रै गीतहरु गाएर धराने दर्शाकहरुको मन जितेका थिए ।एलिना चौहानले पहिलो पटक धरानमा आफ्नो प्रस्तुति दिएकी थिईन भने धरानको सबमर्ज ब्याण्डले समेत आफ्नो प्रस्तुति दिएका थिए ।

त्यस्तै सोही धरान म्युजिक फेस्ट २०८०”को दोस्रो तथा अन्तिम दिन मंसीर १६ शनिबार चर्चित गायिका तथा भ्वाईस अफ नेपालकी कोच मिलन नेवार र अहिले निक्कै चर्चामा आइरहेका धरानका प्रतिभावान गायक पूण राईको बिशेष प्रस्तुतिबाट धराने युवा दर्शकहरुको मन जितेका थिए । सो क्रममा गायीका नेवारले जहिलेसम्म संसार,गाला रातै,इट्स स्लोली ,फूल बुट्टे सारी जस्ता थुप्रै चर्चित गीतहरु गाएकी थिइन । सो क्रममा गायीका नेवारले धरान आफनो दोश्रो घर भएको बताएकी थिईन । आफु पहिलो स्टेज सो धरानबाटै सुरुवात गरेकोले पनि आफनो लागी धरान निकै नै लक्की सावीत भएको बताएकी थिईन ।

गायिका मिलनको धरानमा आउटडोर पहिलो कन्सर्ट पनि रहेको थियो ।त्यस्तैगरी धरानको सांगीतिक प्रतिभा पूर्ण राईको गीत तिमी सेतो चिल्लो गाडी “करीब एक महिनादेखि युट्युबको संगीत विधा तर्फ नेपालको ट्रेन्डीङ्गमा पहिलो स्थानमा रहिरहेको छ भने उनै पुर्णले सोही गीतबाट आफनो प्रस्तुती दिएका थिए । राईले मनका कुरा लगायतका दजनौ गीत गाएका थिए । पप गायक पुर्णको अहिले काठमाडौ लगायत बिभिन्न शहरहरुमा उनको माग एकदमै बढिरहेकोले पनि उनको गायनमा युवा पुस्ताको क्रेज बढेको थियो ।

त्यस्तैगरी सोही म्युजिकल कन्सर्टमा लासोज ब्याण्ड र दिब्यासन घिमिरेले समेत प्रस्तुती दिएका थिए त्यस्तै धरानमा रहेर नेपाली संगीत क्षेत्रमा योगदान दिने सुन्दर साउण्ड सिस्टमका सुन्दर श्रेष्ठ,गीतकार,गायक तथा संगीतकार नबराम राईलाई सम्मान समेत गरिएको थियो ।अग्रेजी माध्यमका निकै नै जानकार तथा कार्यक्रम सञ्चालकको रुपमा रहनुभएका सुरेश राई तथा सह कार्याक्रम सञ्चालिका नबिना मग्रातीले सञ्चालन गरेको कार्यक्रम निकै नै हेर्न लायक रहेको कार्यक्रम आयोजक सिल्भर ईन्टरटेन्टमेन्टका निर्दैशक सौरभ श्रेष्ठले जानकारी दिएका छन ।