0Shares

धनकुटाको सागुरीगढी ६ कलबोटेमा ३ वटा ट्रिपर एक आपसमा ठोकिएर शनिबार दुर्घटना भएपछिको अबरुद्ध कोशी राजमार्ग खुलेको छ। धनकुटाको सागुरीगढी गाउपालिकाको भेडेटारदेखि लगभग ६ किलोमिटर उत्तरपश्चिम स्थित कलबोटेमा शनिबारै बेलुका करिब ७ बजे ट्रिपर दुर्घटना भएपछि उक्त राजमार्ग अबरुद्ध भएको थियो ।

तीन वटा ट्रिपर एकआपसमा ठोक्किएर दुर्घटना भएको र सडक अवरुद्ध भएको भेडेटारका ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी अनुसार विराटनगरबाट २ वटा क्रेन ल्याएर सडक खुलाइएको थियो । सडकमा अगाडी गुडिरहेको ट्रिपरलाई पछाडिबाट ठक्कर दिदा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

तीन वटै ट्रिपर एकआपसमा च्यापिएर सडकनै ढाकेकोले सडक अवरुद्ध भएको थियो । उक्त दुर्घटनामा मानवीय क्षति भने भएको छैन भने क्रेन लगाएर केही घण्टाको प्रयासमा मात्र बाटो खुलाउन सकेको थियो ।