0Shares

प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदमा बढुवा हुनुभएका प्रहरी नायव उपरीक्षक कासीनाथ रेग्मीलाई प्रदेश प्रहरी कार्यालय बिराटनगरले दर्जानी चिन्ह प्रदान गरेको छ ।

नेपाल सरकार गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय मानव श्रोत एंवम प्रशासन विभाग कर्मचारी प्रशासन शाखा नक्साल,काठमाण्डौंको पत्रादेशानुसार प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदमा बढुवा हुनु भएका प्रहरी नायव उपरीक्षक कासीनाथ रेग्मी दज्र्यानी चिन्हद्वारा सुशोभित गराई उक्त चिन्ह प्रदान गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालयमा बुधबार आयोजित एक समारोहका बीच प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले प्रहरी नायव उपरीक्षक कासीनाथ रेग्मीलाई दज्र्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको थियो ।

सोही क्रममा समारोहलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक बास्तोलाले संगठनको गहन एवम महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने पदमा पदोन्नति भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनु भएको छ। सोह क्रममा पदोन्नति हुनुभएका प्रहरी नायव उपरीक्षक कासीनाथ रेग्मीले आफना मन्तव्य व्यक्त गर्दै प्रहरी संगठनले दिएको जिम्मेवारीलाई व्यावसायिक निष्ठा र इमानदारिताका साथ उत्कृष्ट ढंगले कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो समारोहमा प्रहरी उपरीक्षक, प्रहरी अधिकृतहरु एवंम प्रहरी कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।