0Shares

नेपाल भारत रेल यात्रु सहजीकरण समितिले पर्यटन प्रवर्द्धन विकास र सहजीकरणको निम्ति पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेतीलाई ७ बुँदे प्रस्ताव सहित ज्ञापन पत्र बुझाएको छ।

विभिन्न प्रकारको सामाजिक, सांकृतिक, धार्मिक तथा पर्यावरण रक्षाको निम्ति कामहरू गरिरहने सामाजिक संस्था नेपाल भारत रेल यात्रु सहजीकरण समितिले कोशी प्रदेश सरकार पर्यटन वन तथा वातावरण मन्त्रालयलाई सम्बोधन गरेर नेपाल भारत प्रवेश द्वारमा भारत बाट नेपाल आउने र नेपाल बाट भारत जाने पर्यटकहरूको निम्ती सार्वजानिक शौचालय बनाउनुपर्ने, नेपाल-भारत सीमामा बनिरहेको प्रवेश द्वारमा सीमावर्ती क्षेत्रको धार्मिक सांस्कृतिक स्थलको कला कृति राखिनुपर्ने, कोशी प्रदेशलाई बिहार सँगको सम्बन्ध बिस्तारको लागि एक संयुक्त कमिटीको निर्माण गरिनुपर्ने, बिहारलाई आफ्नो कर्मभूमि बनाएर राजनीतिको धरोहर स्थलको रूपमा स्थापित जननायक बीपी कोइराला को जन्म दिवसमा बिहारको राजधानी पटना तथा कोसी प्रदेशमा समन्वयको आधारमा राजकीय कार्यक्रम आयोजना गरिनुपर्ने,भारतबाट आउने पर्यटकहरुको लागि सीमामा बहुभाषिक साईन बोर्ड लगाउनुपर्ने,विराट राजाको दरबारलाई महाभारत सर्किट सँग जोड्ने र पर्यटकीय रेल संचालनको लागि पहल, आवश्यक समन्वय, सहयोग गर्नुपर्ने र पर्यावरण संरक्षणको निम्ति क्रस बोर्डर वृक्षारोपण, अन्तरक्रिया र जनचेतना मुलक गर्ने प्रस्ताव सहित संस्थाका अध्यक्ष राजेश कुमार शर्मा र प्रमुख सल्लाहकार महेश कुमार साह स्वर्णकारले मन्त्री उप्रेतीलाई ज्ञापन पत्र बुझाएको हो ।

सो क्रममा पर्यटन वन तथा वातावरण मन्त्री उप्रेतीले चाडै नै दुवै देश बीचको समन्वयमा बैठक गरी उक्त प्रस्ताव उपर छलफल गर्ने बताउनुभयो ।