0Shares

भारतीय प्रधानमन्त्री नरेहनद्र मोदीको ग्यारेन्टीमा भारतीय जनताले विश्वासको छाप भाजपा पार्टीलाई लगाउदा तीन राज्यमा जितको ह्याट्रिक गरेका छन । तीन राज्यहरु राजस्थान, मध्य प्रदेश र छतीसगढमा भारतीय जनता पार्टीले भारी बहुमत ल्याएको छ ।

भाजपाको भारी बहुमत आईरहदा मुख्यमन्त्री योगी आदित्यनाथ, भाजपा र प्रधानमन्त्री नरेन्द्र सहित धेरै वरिष्ठ नेताहरू मोदीलाई जितको बधाई समेत दिएका छन । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्व र निर्देशनमा भाजपाले चार राज्य मध्ये तीन राज्यमा भारी बहुमतका साथ चुनावी नतिजामा ह्याट्रिक गर्नु भनेको जनताको मोदी प्रतिको विश्वासको ग्यारेन्टी समेत हो । उता वीरभूमि राजस्थानमा भाजपाको भारी मतले विजयी भएकोमा सबै मेहनती कार्यकर्ताहरूलाई हार्दिक बधाई तथा राजस्थानका जनतालाई मोदिले बधाई समेत दिएका छन ।

यो ऐतिहासिक जीत मोदीको नेतृत्वले भएको हो, जनताको यो कल्याणकारी दृष्टि र नीतिहरू र समग्र विकासको लागि संकल्प र राजस्थानका नागरिकहरूको अटल विश्वासको प्रतीक समेत रहेको मुख्यमन्त्री आदित्यनाथ योगीले बताए । उनले आपना अग्रणी राजस्थान चाहने राख्ने राजस्थानीहरु सबै जनतालाई फेरि पनि शुभकामना समेत योगीले भनेका छन । मध्य प्रदेशमा बीजेपीको विजयलाई ठूलो जीतको रूपमा वर्णन गर्दै सीएम योगीले जनताले भाजपाको डबल इन्जिन सरकारको काम, सुरक्षा र सुशासनलाई अनुमोदन गरेको बताएका छन ।