233Shares

धरान ८ तीनकुने स्थित पूर्वाञ्चल क्याम्पसमा रहेका सात वटा इन्जिनियरिङ्ग संकाय सम्बद्ध गैर राजनीतिक विद्यार्थी समाजहरुको सहकार्यमा स्थापित संस्था डेल्टाले हरेक बर्ष गर्दे आएको राष्ट्रिय स्तरको प्राविधिक महोत्सव यस बर्ष पनि आयोजना गर्ने भएको छ । कार्यक्रम माघको पहिलो साता हुने आयोजक डेल्टा ४.० का सम्योजक कल्याण बास्कोटाले जानकारी दिए ।

यस बर्ष डेल्टा ४.० को पाँचौं संस्करणको रुपमा हुन लागेको जहा कार्यक्रमको ४ बिषयबस्तुलाई मुख्य प्रबिधि हरीयो प्रबिधि (Green Technology) अन्तर्गतको दिगो संरचना(Sustainable Thstructure)नवीकरणीय ऊर्जा एकीकरण,(Renewable Energy Integration) फोहोरदेखि (ऊर्जा र ऊर्जा कुशल डिजाइन ) (Waste-to-Energy & Energy Efficient Design)सम्मको कार्यक्रम राखिने र सोही बमोजीमको आयोजना गर्ने तयारी डेल्टा तथा कलेजको समेत तयारी रहेको सम्योजक बास्कोटाको भनाई थियो ।

उक्त प्राविधिक महोत्सवको थिम रिलीजका लागि मंगलबार पूर्वाञ्चल क्याम्पस धरानको सेमिनार हलमा दिउसो १ बजे आयोजना गरेको पत्रकार सम्मेलनमा डेल्टा ४.० का व्यापार संयोजक आशिष शाहले बिगत झैँ यस वर्ष पनि राष्ट्रिय स्तरको प्राविधिक महोत्सवको आयोजना गर्न लागेको जानकारी दिए ।उनले जसका लागी मंगलबार पहिलो सेसनमा हरीयो प्रबिधिको बिषयबस्तु र त्यसपछिको पत्रकार सम्मेलन गरेको र सो कार्यक्रमबारे जानकारी गराएको बताए । सो क्रममा शाहले राष्ट्रिय स्तरको प्राविधिक महोत्सव सफल बनाउन समाचार सम्प्रेशण गरी सहयोग गरिदिनुहुने पनि पत्रकार माझ आग्रह समेत गरेका छन । सम्मेलनकै क्रममा कार्यक्रम डेल्टा ४.० लाई भब्य बनाउन सह–संयोजक कल्याण बास्कोटा,उप–संयोजक बिबेक न्यौपान,प्रमुख संवाददाता प्रशान्त काफ्ले,व्यापार संयोजक आशिष शाह,वित्त संयोजक श्रीकृष्ण यादव,प्राविधिक संयोजक सिद्धान्त ठाकुर तथा प्रदर्शनी संयोजक शरण क्षेत्रीको टीम समेत निर्माण गरेको छ ।

डेल्टाको पाँचौं संस्करण डेल्टा ४.० नाम दिईएको यसपटकको कार्यक्रममा देश भरका विश्वविद्यालय, कोशी प्रदेशमा रहेको विद्यालयहरु साथै प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थीहरुले समेत विभिन्न प्रतिस्पर्धामा सहभागिता जनाउने आयोजकले जानकारी दिएका छन भने मुख्य कार्यक्रमहरु भने ३ दिनको हुने र करिब २० हजार जनाले अबलोकन गर्ने पनि आयोजकको अनुमान छ ।कार्यक्रम पुषको अन्तीम तथा माघको पहिलो सातामै गरीने भएपनी कार्यक्रमको मिति भने यकिन रुपमा तय गरिएको छैन । त्यस्तै आजको पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख काजी राम कार्की,सिभील बिभागका बिभागीय प्रमुख भीषण भुजेल,स्वतन्त्र बिद्यार्थी युनियनका सभापति नवीन श्रेष्ठ लगायतको उपस्थितिमा उक्त कार्यक्रमको थिम रीलिज गर्नुका साथै पत्रकार सम्मेलन समेत गरिएको थियो ।