0Shares


प्रकृतिपूजक लिम्बू जातिहरुको महान चाड चासोक तङ्नाम मंगलबार बिहानबाट सुनसरीको धरानमा पनि सुरु भएको छ ।धरान १ छाताचोक स्थित पुरानो अस्पताल परिसरबाट बिहान साढे ११ बजेबाट ¥याली निकाली उक्त पर्बको सुरुवात गरेका हुन । किरात याक्थुङ चुम्लुङ धरान नगर समितिको आयोजनामा निकालीएको उक्त ¥याली धरान १५ स्थित चुम्लुङ हिममा पुगी औपचारीक समुद्घाटन हुने र आगामी ५ दिन सम्म चल्नेछ ।

लिम्बु समुदायका ब्यतित्वहरुले पाकेका अन्नवाली इष्टदेवहरुलाई चढाउँदै बिहानैबाट धरान १५ चुम्लुङ हिम परिषरमा पुगी चासोक पूजा गरि चासोक तङ्नाम सुरु गरेका थिए । फेदाङ्माबाट पूजाआजा गरिदै सुरु गरिएको चसाोकमा प्रकृति पूजक लिम्बूहरुले आ आफ्नो घरमा पाकेको अन्नबाली लिएर आएका थिए । त्यस्तै मंगलबारै बिहान ९ बजे हाङ बुद्धिकर्ण रायको दरबार क्षेत्रमा लिम्बूहरुको साँस्कृतिक नाँच केलाङ नाँचिएको छ । आजैका दिन लिम्बु लिपीका उत्खननकर्ता श्रीजंगाको ३१३ औं जन्मजयन्ती परेको छ । धरान ८ तिनकुनेमा रहेको पूर्णकदमा माल्यापर्ण समेत गरिएके थियो । धरानमा आजबाट सुरु भएको चासोक आगामी पुष १४ गतेसम्म विभिन्न कार्यक्रम गर्दै समापन गरिने आयोजक किरात याक्थुम चुम्लुङ धरान नगर समितिका अध्यक्ष सुवास हुक्पा चोङबाङले बताए ।

उनका अनुसार १४ गतेसम्म लिम्बूहरुको विभिन्न साँस्कृतिक प्रदर्शनी लगायत मनोरञ्जनात्मक कार्यक्रम हुनेछ । चासोकको उद्घाटन कार्यक्रमको अवसरमा साना बालबालिकाहरुलाई मान्यजनबाट टीका दान दक्षिणा दिँदै कार्यक्रमको सुरुवात गरिने बताइएको छ । चासोकमा यस पटक लिम्बूहरुको मौलिक चाड विषयक बतृत्वकला प्रतियोगिता, बालबालिका खेलकुद, सांँस्कृतिक खेल प्रदर्शनी, लिम्बू भाषामा कविता वाचन प्रतियोगिता, केलाङ प्रदर्शनी, अन्तरक्रिया, यालाङ प्रदर्शनी, हाक्पारे, ख्याली प्रदर्शनी लगायतको कार्यक्रम तय गरेका छन ।

मुन्धुम अनुसार खेतबारीमा नया पाकेको अन्नबाली तागेरा निङुवाफुमाङ र युमालाई चढाएर पुजा अर्चना गरेपछि धरान–१५ बाझगरास्थित चुम्लुङ हिम परिसरमा चासोक तङ्नाम सुरु गरिएको हो । महोत्सवका संयोजक समेत रहेका चुम्लुङका नगर अध्यक्ष तिर्थ मादेम्बा, भने, ‘लिम्बु समुदायको मौलिक चाड मध्ये चासोक तङनाम सांस्कृतिक पहिचान दिलाउने चाड हो । कृषि जीवन शैलीसंग सरोकार राख्ने चासोक तङ्नामलाई हामीले विषेश चाडका रूपमा मनाउदै आएका छौं, यो त्यसैको निरन्तरता हो ।’ उनले खेतबारीमा फलेको अन्नबालीलाई सवै भन्दा पहिले तागेरा निङ्वाफुमाङ र युमा सहित अन्य देवी देवतालाई चढाएर खादै रमाइलो गर्ने चाड नै चासोक तङनाम भएको बताए ।

उक्त महोत्सवमा जातिय पहिरन पुरुषले तागावा र महिलाले मेख्लीकासाथ परम्परागत गहनामा सजिएका तरुनी तन्नेरीहरुका लागि परम्परागत जातीय खेलहरु लिआमा (गुलेली हान्ने)‘पक्लुङ’छेलो हान्ने खेल खेल््नुका साथै माछा मार्ने, तोङ आमा (तिरबाजी), हक्चुम लक्मा लङ्जम्प खेलहरु रहेका छन । सामूहिक रुपमा केलाङ (च्याब्रुङ नृत्य), पालाम धाननाच, ख्याली, प्रौढ, वृद्धवृद्धाहरु मुन्धुमी साम्लो, हाक्पारे, ख्याली आदि मनोरन्जक कार्यक्रमहरु रहेका छन। उक्त अवसरमा साम्बा÷येमाहरुबाट एकराते ‘तङसिङ’ (पारिवारिक मेलमिलापको अनुष्ठान) पनि गर्ने अध्यक्ष मादेम्बा्ले बताए ।

उनका अनुसार एकराते तङसिङमा साम्बा येवाहरुले लिम्बु जातिको सृष्टि तथा मानव सभ्यता र विकासको कथा वाचन गर्ने छन । लिम्बु समुदायका छोरीचेलीहरु हुक्वा (आफैले बनाएको सोभित), नाम्स्या (नया धानलाई भूटेर तयार पारिएको विशेष चामलको परिकार) र अन्य प्रकारको ‘चेसुङ’ (कोसेली)का साथ चासोक तङनामको अवसरमा माइती घर जाने गर्छन । चासोक तङनामको अवसरमा एकापसमा भेटघाट गरेर शुभकामना साटासाट गर्ने, विभिन्न प्रकारका परम्परागत खाद्य परिकारहरु चाम्रे, याङबेन (झ्याउ), सिगोले, फिलिङ्गे र फांदोको अचार, कोदोको तोङ्वा, तीनपाने रक्सी बनाएर सामुहिकरुपमा खाने, पहिलेको रिसराग,ईष्र्या विर्सेर क्षमादान अपनाउदै आत्मीयताका साथ रमाइलो गर्ने गरेका छन ।

चासोक तङ्नाम (न्वागी पूज) अर्थात उधौली पूजा पनि भन्ने गरिन्छ । उधौली याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङ्नाम भनेको पर्व हो । लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । लिम्बूहरूलाई उनीहरूकै भाषामा याक्थुङ्वा भनेर चिनाउने गरेका छन् । किराँत समुदायअनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको र अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ । लिम्बू जातिको मुन्धुममा उल्लेख भएअनुसार कृषि युग सुरु हुनु अघि लिम्बूका आदिम पुर्खा सावा येत्हाङले कन्दमुल काँचै खाएर जीवनयापन गर्दथे, जसले गर्दा उनीहरु कुपोषण र अनेक रोगव्याधीको शिकार हुन्थे ।

यी समस्या समधानको विकल्प खोजीमा सर्वशक्तिमान तागेरानिङवाभु माङसँग प्रार्थना गर्दथे । यही प्रार्थनाले गर्दा नै उनीहरूले पेनार माङदःक कोदो,परामा कोदोस“ग उम्रने फल्ने,ताक्मारु (घैया), तुम्री (जुनेलो) आदि बीउबिजन तागेरानिवाभु माङले उपलब्ध गराइदिए । यसरी धान र अन्नका बीउबिजन पाएपछि लिम्बू जातिको आदिम पुर्खा सावायेहाङका चेली सिबेरा एःक्थुम्माले काठको खन्ती, अङ्कुसे आदिको प्रयोग गरी भस्मे फाँडेर बीउबिजन रोपी छरी अन्न फलाइन् । यसरी छरपोख गरी उब्जाएर खानुभन्दा अगाडि माङहरु (देवीदेवता) लाई चढाउने प्रचलन बसाले, यसैलाई चासोक (न्वागी) पूजा भनियो ।

मनुष्यलाई खेतीपाती सिकाउने देवीका रुपमा येत्हाङका चेला सिबेरा एःक्थुक्मा सिबोरा याभुङगेम्मा हुन भनी लिम्बू जातिले मान्दछन । यीनै कथनअनुसार माङहरुलाई अन्नबाली पाकेपछि चढाएर मात्र ग्रहण गर्ने परम्परा रहिआएको पाइन्छ । आफूले लगाएको बालीनाली पाकेपछि माङहरुलाई चढाएपछि खाने र रमाउने चाडको रुपमा लिइएको पाइन्छ । सम्पूर्ण देवीदेवता तथा प्रकृतिको पूजा गर्ने क्रममा तीनराते धार्मिक अनुष्ठान (तङसिङ) पनि गर्ने गरिन्छ । आफूले उब्जाएको अन्नबाली देवीदेवतालाई नचढाइ खाएमा धताउने, बौउलाउने, रगत छदाउने, कुन्जे सापे बनाउने, सोला हान्ने, जिउ सुकेर जाने, गाँड निस्कने, आँखा दुखाउने,अन्धो बनाउने, कान दुखाउने ,बहिरा बनाउने जस्ता भयवह रोगव्याधिले दुःख पाइन्ने लिम्बू जातिमा विश्वास रहिआएको छ ।