15Shares

कोशी राजमार्ग अन्तरर्गत सुनसरीको धरान उपमहानगरपालिका वडा न ८ स्थित शनि मन्दिर छेउमा भेन दुर्घटना हुँदा दुईजना घाईते भएका छन ।

मङ्लबार साझ करिब ६ बजेको समयमा कोशी राजमार्ग अन्तर्रगत धरान ईटहरी सडक खण्डको शनि मन्दिर छेउ धरानबाट इटहरी तर्फ जादै गरेको बा ५ च ७२२३ नंबरको प्राइवेट डेलिवरी भ्यान अनियन्त्रित भइ दुर्घटना हुँदा भेन चालक धरान १९ बस्ने ५२ बर्षिया गजेन्द्र गिरि तथा सोही भेनमा सबार बराहक्षेत्र नगरपालीका वडा न ४ का १९ बर्षिया अजय ऋषिदेव धाइते भईते भएका हुन।

घाइते दुबैजनाको धरान १८ स्थित बि.पि.को.स्वा.बि. प्रतिस्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ भने घाइते ५२ बर्षिया चालक गजेन्द्र जिमीको टाउकोमा चोट लागेको छ त्यस्तै १९ को अजय रिषि देबको समेत टाउकोमा चोट लागेको छ ।