834Shares

रगत अभाबमा दिनरात नभनी बिरामीहरुको उपचारका लागी रगत जोहो गर्ने महान समाजसेवी सुबास चन्द्र सिङको ह्दयघातका कारण ज्यान गएको छ । मधेश प्रदेशको जलेश्वर नगरपालिका वडा न ८ रमौल जन्मघर भई हाल सुनसरीको धरान १० किराँत चोकमा स्थायी बसोबास गर्ने सिंहको बुधबार बिहानै कामकै सिलसिलामा ह्दयघात हुनपुगी ज्यान गएको हो ।

५६ बर्षिया सिंह आफना कार्यलयमा तीन दिने बिदा लिएपनि उनी दुई दिनको बिदा पछि आज बिहानै ८ बजे नै कार्यालय पुगेको र त्यहा आफना मातहातका कर्मचारी रामनारायण पन्डित लाई भेटेर सधा झै कामकाज गरेको र फर्किने क्रममा ब्लड बैङक परिसरमा नै ढलेका थिए । सिंह ढले लगतै बिपि प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारको लागी लगिएपनि सिंहको मृत्यु भईसकेको थियो । मृतक सिंह सुगर र मुटुको रोगबाट समेत प्रभावीत रहेको उनका आफन्तको भनाई छ ।

बि.स.२०५२ सालमा नेपाल रेड्क्रस अन्तरको ब्लड बैकमा जागिरे जिबानमा लाग्नु भएका सिङ हाल ब्लड बैक इन्चार्ज तथा धरान जेसिस २०१४ को अध्यक्ष समेत रहिसक्नुभएको थियो । मृतक सिंहका एक छोरा आदित्य सिंह र एक छोरी आचल सिङ र श्रीमती मायादेबी सिंह रहेको मृतका भाई मुन्ना सिंहले जानकारी दिए ।

मृतक सिंहको शव प्रतिष्ठानकै मर्चरीमा राखिएको र उनीका छोरी आचल काठमाडौको मेडिसिटी अस्पतालमा कार्यरत रहेकोले उनी अएपछि सिंहलाई घरमा नै लगीने र भोली बिहिबार दाहासंस्कारको कार्य गरिने सिंहका भाई मुन्नाले आयोन्युजलाई जानकारी दिएका छन ।