0Shares

सुनसरीको चतरामा एम्बुलेन्सबाट अबैध रुपमा ल्याउदै गरेको साधे ४ सय किलो गाँजा बरामद भएको छ । इलाका प्रहरी कार्यालय,चतराले एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको हो ।

चतराका वरिष्ठ सई टीकाराम खत्रीको टोलीले मे१च ५१९ नम्बरको एम्बुलेन्समा गाजा लोड गरिरहेको अवस्थामा बरामद गरेको हो। उक्त गाजा ९ वटा बोरामा रहेको अबस्थामा रहेको थियो । त्यस्तै पक्राउ परेका उक्त एम्बुलेन्स चालक संगै मोबाइल १, गाडीको हावा भरेको ट्युब ३, हावा नभरेको ट्युब ३ थान, लाइफ ज्याकेट २, डोको २, ओछ्याउने फोम थान २ र एउटा खुकुरी समेत बरामद भएको वरिष्ठ हवल्दार प्रकाश रेग्मीले जानकारी दिए।

प्रहरी सहायक हवल्दार रमणकुमार दनुवारका अनुसार आज राति २ बजेर ४५ मिनटमा शंकास्पद अवस्थामा एम्बुलेन्स जाँच गर्दा लागूपदार्थ लोड गरिरहेको भेटिएको हो। बरामत गाँजा र एम्बुलेन्स इलाका प्रहरी कार्यालय, महेन्द्रनगर चक्रघट्टीलाई आवश्यक कारवाही लागि बुझाइएको वरिष्ठ हवल्दार रेग्मीले जानकारी दिए।

सशस्त्र प्रहरी बेस क्याम्प चतराका निरीक्षक डिकबहादुर गोलेको नेतृत्वमा रहेको टोलीले पनि उक्त गाँजा बरामद गर्न सहयोगी भूमिका वहन गरेको थियो।