©AAYO NEWS & GK BLOGS
0Shares

धरानलाई स्वास्थ्य, शिक्षा र खेलकुदको पुर्वाधार युक्त नगर बनाउने उदेश्यले आउदो पुस २० गतेबाट सुनसरीको धरानमा नगर स्तरीय अन्तर कलेक फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता हाम्रो धरान फुटसलको आयोजनामा धरान ८ स्थित सभागृह लाईनको हाम्रो फुटसल ग्राउन्डमा हुनेछ। खेल सम्योजक सन्दिप गहतराजले जानकारी दिए ।

उनका अनुसार प्रत्येक खेल 6 A Side को हुनेछ भने प्रतियोगितामा धरानका विभिन्न कलेजहरुबाट २५ वटा टिमको सहभागिता रहनेछ । त्यस्तै खेलमा सहभागी खेलाडीहरु +२ देखि Bachelors सम्म अध्ययनरत गरीरहेको हुनुपर्नेछ ।

खेल विहान ८ बजेदेखि हाम्रो फुटसल धरान-८ मा हुनेछ भने खेलमा प्रथम हुने टिमलाई रु.५० हजार रुपैया ट्रफी, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टिमलाई रु. २५ हजार रुपैयां सङै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरीने छ भने खेलमा उत्कृष्ठ हुने खेलाडीहरु गोल किपर, सर्वाधिक गोलकर्ता, फेयर टिम तथा म्यान अफ दि म्याच लाई ब्यक्तिगत बिधाको पुरस्कार समेत प्रदान गरीने आयोजकले जनाएको छ ।

प्रतियोगिता संचालनका लागि ३ लाखको रुपैया खर्छ हुनेछ भने सोही प्रतियोगिताको समापन कार्यक्रममा ७ औं दक्षिण एसियाली कराते च्यापियनसिप २०२३ मा धरान, नेपालबाट रजत पदक प्राप्त गर्न सफल साहिल राईलाई नगद ५ हजार सहित सम्मान गरिने समेत सम्योजक गहतराजले जानकारी दिए । त्यस्तै उनले धरान नगरपालिका हुँदा देखिनै दीर्घकालीन लक्ष्यलाई खेलकुदको क्षेत्रबाट टेवा पुर्याउन धरानमा विभिन्न खेलकुद जन्य संघसंस्थाहरुको स्थापना भई गतिविधि सञ्चालन भइरहेकोले फुटसल खेलको विकासका लागि सम्भव हुने सम्मको गतिविधिहरु सञ्चालन गर्ने उद्देश्यले समेत राखिएको बताएका छन ।

फुटसल ग्राउन्ड निर्माण पछि पहिलो पटक आयोजना गर्न लागेको फुटसल र सोही फुट्सलको पत्रकार सम्मेलनमा सम्योजक सन्दिप गहतराज,निसान भुजेल,सुशील लिम्बू तथा दिवस श्रेष्ठको उपस्तिथि रहेको थियो ।