104Shares

पब्लिक हाईस्कुलको ७७ औ बार्षिक उत्सवमा रक्तदान गरिएको छ । बुधबार बिद्यालय परिसरमा नै गरिएको उक्त रक्तदानमा १०६ पिन्ट रगत संकलन गरिएको थियो ।

रक्तदान पब्लिक हाईस्कुलको ७७ औ बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा पारेर गरिएको विद्यालयका प्रधानाध्यपक इन्द्र मोहन झाले जानकारी दिए।

झाका अनुसार रक्तदान नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाको प्राबिधिक सहयोग र ब्लड फर निडको समन्वयमा बिद्यालयको प्राङ्गणमा गारिएको थियो सो क्रममा झाले बिद्यार्थीहरुमा सहयोग, सदभाव र सामाजिक भावनाको बिकास गर्दै राष्ट्रको जिम्मेवार नागरिक बनाउने उदेश्य समेत राखेर रक्तदानको आयोजना गरिएको बताए ।

उनले रक्तदान जीवन दान भएकाले रगतको अभावलाई थोरै भए पनि पूरा गर्न सहयोग पुग्ने अपेक्षा समेत राखिएको थियो । पब्लिक माध्यमिक बिद्यालयमा कक्षा-११ र १२ मा अध्ययनरत विद्यार्थी, शिक्षक, कर्मचारी लगायतले रक्तदान गरेको बिद्यालयले जनाएको छ।

उक्त रक्तदानमा सुरुमा ५० पिन्ट रगत संकलन हुने अपेक्षा गरिएको भएतापनि सोचे भन्दा राम्रो रगत संकलन भएको बिद्यालयका इन्चार्ज बिरेन्द्र बहादुर शाहले जानकारी दिए ।