0Shares

बि.स.२०६४ साल बाट नेपाली संगीत क्षेत्रमा आफ्नो फरक पहिचान बनाउन सफल धरानको सांगीतिक समूह तपस्वी ब्याण्डले लुकेको सपना नामक बोलको आफ्नो ५ औ गीत सार्वजनिक गरेको छ । गत पुष १६ गते सोमबारको दिन धरान ८ स्थित बराह मलको चौथो तल्लामा रहेको बराह किचनमा भिडियो रिलिज रिलिजसंगै उक्त गीत सार्वजनिक गरेका हुन ।

गीत तपस्वी ब्याण्डकै युटयुव च्यानल मार्फत सार्वजनिक गरेका हुन । सो क्रममा गायक प्रभात राईले गीत सार्वजनिक गर्नुअघि नै सोही गीत लाईभ गाएर उपस्थित दर्शाक तथा पत्रकाहरुलाई सुनाएका थिए । तपस्वी ब्याण्ड अर्थात डेडीकेसन अर्थ मानिएका उक्त ब्याण्डले पुर्वी नेपालका बिभिन्न शहरहरुमा गरीएको बिभिन्न समय तथा ब्याण्ड प्रतियोगीतहरुमा सर्बाेत्कृट हुदै समेत आएका थिए । जहा पुर्वान्चल ब्याण्ड च्यालेन्ज २०६६,धरान ब्याण्ड कन्टेस्ट २०६८,बिर्तामोड ब्याण्ड च्यालेन्ज २०७० का बिजेता समेत भईसकेको गायक राईले जानकारी दिए ।

उनका अनुसार आफना ब्याण्ड बिजेता हुनुका साथै बिभिन्न ४ गीतहरुमा पहिलो गीत पाईला दोस्रो, तिमि नै तेश्रो गीत मेरो लागि चौथो डुकु र पाचौ गीत लुकेको सपना बजारमा ल्याईसकेको जानकारी दिए । धरान मात्र नभई नेपालकै ब्याण्डको ईतिहासमा निकै नै चर्चा कमाएका तपस्वी ब्याण्डमा हाल पाच सदस्य रहेको छन । जहा गितारमा सुदेश पाख्रिन,प्रवेश पाख्रिन,बेसीस गीतारमा बेन्जामिन थापा,ड्रममा ईनोस थापा मगर र मुख्य गायकको रुपमा प्रभात राई रहेका छन ।

धरानको बराह किचनमा औपचारीक रुपमा नै आयोजना गरिएको उक्त गीत सार्वजनिक कार्यक्रममा पुर्वी नेपालका अर्का एक लोकप्रिय ब्याण्ड आउटसाईडर ब्याण्डका संस्थापक गायक तथा तपस्वी ब्याण्डका सल्लाहकार राजदिप राईले धरानमा भएका कलाकारहरुलाई स्थानीय सरकारबाटै प्राथमिकता नदिईएको बताएका थिए । उनले तपस्वी ब्याण्ड धरानको संगीत क्षेत्रलाई चिनाएपनि स्थानीय सरकारका प्रतिनिधिहरुले ती संगीतलाई चिन्न नसकेको बताए । तपस्वी ब्याण्ड पुरानो ब्याण्ड र धरानको नाम सागीतिक क्षेत्रमा कायम गर्ने ब्याण्ड समेत भएको बताए । उनले धरानमा ब्याण्डमा मात्र नभई देशका ठुलठुला गायक समेत यहि धरानको सांगितीक महोलबाट उठेर राजधानी काठमाडौ केन्द्रीत हुन पुगेको बताए ।

राईले ब्याण्डका गायक भाईहरुले नै हो धरानको संगीत अगाडी बढाउने त्यसैले पनि उनीहरुलाई स्थानीय सरकारले गर्ने हरेक कार्यक्रमहरुमा पारिश्रमिक सहित अबसर दिनुपर्ने समेत बताए । उनले थपे गाएर हालसम्म कसैले आर्थिक स्थिती सम्पन्न भएको मैले देखेको छैन तर पनि धरानमा पारिश्रमिक दिएर काम गर्न कसैले मन गर्देन त्यसैले पनि होला गायक तथा ब्याण्ड मेम्बरहरु यो क्षेत्रबाट पलायन हुने अबस्थामा छ । साथै उनले धरान थुप्रै क्षेत्रमा स्थानीइ सरकारले लाखौ करोडौ बजेट छुटयाएपनि सागीतिक क्षेत्रमा भने कुनै बजेट नहुदा समेत धराने गायक तथा ब्याण्डहरुलाई काम गर्न गाहे रहेको बताए । उनले यस तर्फ स्थानीय सरकार संगै सबैको ध्यान जान जरुरी देख्छु ।