©AAYO NEWS & GK BLOGS
0Shares

सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेत जनताको स्वास्थ समस्य सामाधान गर्न सरकार लागिपरेको बताउनु भएको छ ।

आफ्ना ब्यक्तिगत काम सङ्गै बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठानको स्वास्थ्य अबस्था बुझ्न बिहिवार धरान आईपुग्नु भएका मन्त्री बस्नेत नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र न १ सुनसरीले आयोजना गरेको कार्यकर्ता भेटघाट एबम छलफल कार्यक्रमको दौरान एस्तो बताउनु भएको हो ।

धरान २ स्थित निकेतन गल्लिमा रहेको पार्टी कार्यलयमा गरिएको उक्त कार्यक्रमको प्रमुख आथिथ्यतता समेत ग्रहण गर्नु भएका मन्त्री बस्नेतले बिपि प्रतिस्ठानको स्वास्थ समस्य समग्र देशको स्वास्थ समस्या रहेकोले आफू मात्र नभई सम्पुर्ण मन्त्रालय नै घम्भिर भएर लागेको बताउनु भयो ।

मन्त्री बस्नेतले तपाईंहरुको सुझाब र समस्याबाट अबगत भए म मन्त्रालय पुगेर थप बिषयबस्तु अधय्यन गर्छु भने ती समस्या आफ्नै कार्यकालमा निमेट्यान्स पार्ने समेत बताउनुभएको थियो । सुनसरी क्षेत्र न.१.का सभापति सुजेन्द्र गोले तामाङको अध्यक्षतामा सम्पन्न गरीएको कार्यक्रम कै दौरान सोहि क्रममा नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरुले धरानको स्वास्थ सस्थानको अबस्था बारे अबगत गराउदै ज्ञापनपत्र समेत बुझाएका छन ।

जहाँ उनिहरुले नेपाल सरकारको पूर्ण लगानीमा नेपालकै अब्बल स्वास्थ्य सस्था बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको र यहि स्वास्थ्य क्षेत्रमा विशिष्ट सेवा नेपाल लगायत छिमेकी देश भारतका जनताहरुलाई सर्वग्लभ रुपमा दिदै आए‌को भएपनी देशाका विभिन्न कालखण्डको विशेष कारणबाट यस संस्थालाई भौतिक रुपमा चाहेजसरी समयानुकल अगाडि बढाउन नसकेको परिप्रेक्षमा यहां स्वास्थ्य मन्त्री भएर आउनुभए पश्चात केही किरणका आशा पलाएको बताएका छन ।

सोहि संस्थामा पछिल्लो समयमा विरामी चाप बढेता पनि त्यसै अनुरूपले यस संस्थाको भौतिक संरचनाको विकास हुन नसकेको र भनेजस्तो गरी स्वास्थ्य सेवा दिन पनि नसकेन समेत अबगत गराए भने हालको समस्याबाट यस स्वास्थ्य सस्थालाई निकास दिन यहाँको परोक्ष सहयोगको खाँचो रहेको बताएका थिए ।

उनिहरुले स्वास्थ्य मन्त्रालयबाट बी पी अस्पतालका समस्याहरुलाई दीर्घकालिन समस्या समाधानका निमित्त विशेष पहल रहोस भन्दै नेपाली कांग्रेसका तर्फबाट माननीय स्वास्थ्य मन्त्रीलाई बुँदागत रुपमा १० बुदामा समाधानका लागि ज्ञापन पत्र समेत पेश गरेका थिए । जहाँ ज्ञापन पत्रमा निमर्माणाधीन रही विविध कारणले कार्य स्थगित भएको ४०० शैयाको मातृशिशु अस्पताल भवनको निर्माण कार्य तत्काल सुचारु गर्न प्रतिष्ठान नेतृत्वलाई आवश्यक निर्देशन दिन आग्रह गरिनुका साथै परामर्शदाता खरिद गरी बोलपत्र समेत आव्हान भई आकस्मिक स्थगित भएको २०० शैयाको मुटुरोग अस्पताल,२०० शैयाको क्यान्सर रोग अस्पताल भवन निर्माण कार्य सुचारु गर्न बजेटको सुनिश्चितता गर्न र प्रतिष्ठानको अस्पतालमा आवश्यक रहेको MRI मेसिनको व्यबस्था गर्न भनिएको छ । त्यस्तै स्वास्थ्य विमा बोर्डले प्रतिष्ठानलाई भुक्तान गर्न बाँकी रहेको रकम तत्काल भुक्तान गर्ने र आगामी दिनमा नियमित मुक्तानी हुने व्यवस्था गर्न,धरान-१, स्थित प्रतिष्ठानको स्वामित्वमा रहेको पुरानो अस्पतालको जग्गामा स्तरोन्नती यरी-१०० शैयाको अस्पताल निर्माण गर्न,चिकित्सा शिक्षा आयोगबाट प्रदान गरिने MBBS कोटा वृद्धि गरी १५० को व्यवस्था गर्न ,प्रतिष्ठानमा शिक्षकहरुको स्तरोन्नतीको सञ्चालन हुने गरेको तर हाल स्थगित Faculty Development कार्यक्रम (FDP) ल्याउनुका साथै प्राध्यापक एवम् कर्मचारीको हाल स्थगित बढुवा प्रक्रिया तत्काल पुनः सुचारु, शिक्षक, कर्मचारीका छोराछोरीको अध्ययन कोटा पुनः सुचारु गर्नुका साथै डायलासिस डाइनेथिम सेवा र 1.C.U. बेड विस्तार गर्न समेत मन्त्री संग माग गरिएको छ ।

नेपाली काङ्ग्रेस कार्यकर्ता र मन्त्रीबिचको छलफल कार्यक्रममा पुर्ब १.न.प्रदेश प्रमुख गोबिन्द तुम्बाहाङ सुब्बा ,पुर्ब प्रदेश सभासद मिना सुब्बा,क्षेत्र न.१ सुनसरी क्षेत्रीय सचीव महेन्द्र प्रधान  धरान नगर सभापति श्याम पोख्रेल ,नेपाल भारत पत्रकार युनियनका अन्तर्राष्ट्रिय उपाध्यक्ष भरतराज शर्मा ,लगायत करिब ५०/६० जनाको उपस्थिति रहेको थियो ।