0Shares

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक चिकित्सकहरु तथा प्रशासनबीच गत कार्तिक २० गतेको सहमती अनुसार प्रमोसनको अन्तर्वार्ता सुचारू नभए पछि शिक्षक चिकित्सकहरु पुन आन्दोलीत भएका छन । उनीहरु आज मंगलबार बिहानबाट पुन एक पटक आन्दोलित भएका हुन ।

शिक्षक कल्याण समाजका अध्यक्ष डाक्टर सेराज अहमद खानको अगुवाईमा आज बिहान ८ बजेदेखि १० बजेसम्म उपकुलपति कार्यालय अगाडी घेराउ गरेका छन भने भोली बुधबार पनि बिहान ८ बजेदेखि १० बजेसम्म उपकुलपति कार्यालय अगाडि घेराउ गर्ने समाजका अध्यक्ष खानले आयो न्युजलाई जानकारी दिए । उनले ४८ घण्टाभित्र पनि अन्तर्वार्ताको तालिका प्रकाशित नभए पुष २६ गतेदेखि विगतमा झै गरिएको सम्पुर्ण कामकाज स्थगित गर्नुका साथै पठनपाठन र परिक्षालाई समेत बहिष्कार गर्ने चेतावनी दिएका छन । खानले पुर्ववत आन्दोलन अनुसार जिम्मेवारी बहिस्कार गर्ने पनि जनाएको छ ।

उनका अनुसार पुष २८ गतेसम्म तालिका प्रकशन नभए २९ गतेदेखि ईमर्जेन्सी, आईसियु, एनआईसियु बाहेक सम्पुर्ण सेवाहरु बहिस्कार गर्ने पनि जानकारी दिए । यसअघि कार्तिक २० गते बिपि प्रशासनका व्यवस्थापन टीमसंग भएको सम्झौता वमोजिम पुस २ गते सुरु गरि १५ गतेसम्म आवश्यक प्रक्रिया पूरा गरेर लोक सेवा आयोग र स्वास्थ मन्त्रीको सहमती लिइ बाकी रहेको अन्तर्वार्ता सक्ने सहमति भएको थियो तर हाल लोक सेवा आयोग र स्वास्थ्य मन्त्रीले अनुमति दिए पनि बिपी प्रशासनले अन्तर्वार्ता सुचारु नगराएको डा. खानले जानकारी दिएका छन ।