46Shares

मेयर हर्क साम्पाङ्गको आदेशमा नगरप्रहरीले पार्किङ शुल्क विरुद्धको हस्ताक्षर अभियानमा रोक लगाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले जनाए आपात्ती जनाएको छ ।

धरान उपमहानगरपालिकाले गैरकानुनी ढंगले ऐन कानुन विपरित लागु गरेको पार्किङ्ग शूल्क अशुलीको चौतर्फी बिरोध भैरहेको बेला राष्ट्रीय स्वतन्त्र पार्टीले पार्किङ कर सङ्गकलनको बिरुद्ध चलाईरहेको हस्ताक्षर अभियान धरानका मेयर हर्क राज राइको ठाडो आदेशमा नगरप्रहरीले रोकेपछि पार्टीले आपत्ती जनाएको हो ।

पार्टीले बिहीवारबाट धरानको विभिन्न स्थानहरुमा थालेको उक्त हस्ताक्षर अभियानलाई शुक्रबार बिहान नगरप्रमुख हर्क राज राईले रोक्न नगर प्रहरी खटाएपछी लोकतन्त्रमा जनताको बोल्ने अधिकार समेत हननको प्रयास गरेको भन्दै पार्टीको घम्भिर ध्यानाकर्षण समेत भएको जनाएको छ ।

पार्टीका नगर सचिब सुमन श्रेष्ठद्वारा जारी गरिएको बिज्ञप्ती मार्फत पार्किङ शुल्कबारे धरानको आम जनधारणा के रहेको छ, भनी पर्किङ्ग शूल्क तोकिएको स्थानमा सर्वसाधरणबाट राय तथा दवाव स्वरुप हस्ताक्षर संकलन कार्यक्रम मिति २०८०- ०९-२६ गतेबाट मिति २०८०-०९-२८ गते सम्म संचालन गरिरहेकामा, स्थानीय सरकार प्रमुख हर्कराज राईको आदेशमा नगरप्रहरीहरुले बल प्रयोग गरेर हस्ताक्षर कार्यक्रम संचालनमा अबरोध पूऱ्याएको प्रती आफ्ना पार्टीको केन्द्रिय तहमा जानकारी गराएको तथा नगर प्रमुखको तानाशाह विरुद्ध आगाडी बढ्ने पनि जनाएको छ ।

बिज्ञप्तीमा भनिएको छ शान्तिपूर्ण ढंगले बिरोध तथा आफ्नो कुरा राख्न पाउने अधिकार माथि हस्तक्षेप गर्न कोही कसै माथि अधिकार नभएकाले यस घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँदै अबरोध नगर्न नगराउन अनुरोध गर्दछौ ।

स्मरण रहोस् धरानमा दुईचक्के सबारी सधान पार्किङ शुल्क बारे धरान उपमहानगरपालिका मेयर हर्क राज राईले कार्यापालिकाको बैठकबाट ठेक्का लगाउनेबारे निर्णय गरिएको भनेपनि नगर कार्यपालिकामा उक्त निर्णयमा कुनै ठोस निर्णय भएको छैन त्यसका बाबजुत धरानको नगरसभाबाट भने ती निर्णयहरु पारीत गरिएको कार्यपलिका सदस्यहरुले जनाएको छ ।

उनीहरुले यी र यस्ता बिबादास्पद निर्णय हुन पुग्दा एकातिर धरान उपमहानगरपालिका कार्यपालिका सदस्यहरुको निर्णय एकमत भएको छैन भने नगर प्रमुख हर्क राज राईले सबै नियम कानुन कार्यपालिका बैठकबाटै निर्णय गरिसकेकोले ती निर्णयबाट पछि नहट्ने भन्दै सम्पुर्ण दल तथा सर्बधारण जनतालाई नै गिज्याउने गरी हरेक दिन कुनै न कुनै स्टाटस लेखिनै रहेको पाईन्छ । जसले गर्दा धरानमा हरेक बिषय बस्तुका समस्या हल हुनुको साटो झनझन गहिरिदै गईरहेको पाईएको छ ।