0Shares

आज पुष २७ गते अर्थात पृथ्वी जयन्ती । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

राष्ट्रियताको प्रतिक एबम तत्कालीन राजा पृथ्वी नारायण शाहलाई नेपालमात्र नभई दक्षिण एसियासमा नै एउटा दुरदर्शी अनि नेतृत्वका रुपमा हेर्ने दिनको सम्झनामा रहेको पाईएको छ । सोही पृथ्वी नारायण शाहको जन्मजयन्ति हर्षाेउल्लास पूर्वक मनाइन्छ । उनकै जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रुपमा पनि मनाइन्छ। यस दिन केवल एउटा राजाको जन्मदिन मात्र नभई सिंगो नेपालको पहिचान अनि नेपालीपनाको बिगुल फुकिएको र झकझक्याउने दिनका रुपमा पनि लिँदै राष्ट्रिय एकता दिवस मनाईन्छ ।

आजभन्दा लगभग ३०० बर्षअघि बाईसे अनि चौबीसे राज्यहरुका रुपमा नेपाल एउटा बिभाजित अनि ससाना राजारजौटाको देश थियो । यस्तै एउटा सामान्य राज्य हालको गोर्खामा थियो जहाँको राजपरिवारमा पृथ्वी नारायण शाहको जन्म भएको हो, आधुनिक नेपालको संरचना, सपना, साकारोक्ति अनि गोर्खाली बीर सिद्धान्तका प्रतिपादक यिनै महान राजालाई मानिन्छ ।विक्रम सम्वत १७७९ मा आजकै दिन अर्थात पौष २७ मा पिता राजा नरभुपाल शाह र माता कौशल्यावति देवीका प्रथम पुत्र पृथ्वी नारायण शाहले नै आधूनिक नेपालको खाका कोरेका हुन ।

पृथ्वी नारायण शाहको पालामा हालको भारत अधिन रहेको तत्कालिन पञ्जाबदेखि सिक्किमसम्म नेपाली भू(भाग रहेको र आजको वर्तमान नेपालभन्दा विशाल नेपाल उतिबेला रहेको थियो । १८ औं र १९औं शताब्दीको अन्तराष्ट्रिय राजनिती हेर्ने हो भने पनि अहिलेका बिशालयकाय बिभिन्न देशहरु त्सैसमयमा एकिकृत भएका देखिन्छन । ससाना राज्य, शाषक, कबीला अनि समुदायबाट एउटै देशको छानाभित्र सबैलाई ल्याउन यूद्धहरु त्यस बखत बिश्वभरि नै भएका थिए । चीन, जर्मन अनि ईटाली लगायतका देशहरु को पनि एकताका कथाहरु हाम्रो नेपालको भन्दा फरक छैनन । त्यसैले होला आफ्नो अन्वेषण पुस्तक आधुनिक नेपालमा इतिहासबिद्ध डि आर रेग्मी लेख्नुहुन्छ कि पृथ्वी नारायण शाहको जीतको प्रकृती उतिखेरका वेसेक्सका सम्राटले ससाना ब्रिटिश टापुहरुमा गरेको बिजय भन्दा फरक देखिदैन भनेर ।

यस हिसाबले बिकास अनि राष्ट्रिय एकतामा संगसगै दौड शुरु गरेको नेपाल, जर्मन, ईटाली अनि चीन लगायतका देश तुलना गर्दा आज नेपाल भने बिकास, समृद्धि अनि सरकारको ठूलो खाडलको सामना गरिरहेको छ । एकातिर राष्ट्र निर्माताका रुपमा फ्रान्सका नेपोलियन बोनापार्ट, इटालीका जुसेप गरिबाल्डी, अमेरिकाका जर्ज वासिङ्टन, जर्मनीका विस्मार्क जस्तै नेपालमा पनि पृथ्वी नरायणको चर्चा परिुचर्चा हुने गरेको पाईन्छ भने अर्काेतिर पृथ्वीनारायण शाहमाथि अनेकन प्रहार भइरहेको छ । उनीमाथि निरङ्कुश, साम्राज्यवादी , आदिवासी जनजातिमाथि थिचोमिचो र दमन गरेको, कीर्तिपुरवासीका नाक कान काटेर १७ धार्नी नाक कान भेला पारेको भनी हल्ला फिँजाइएको छ । उनीमाथि यति मात्र नभई यो भन्दा पनि धेरै गम्भीर र निकृष्ट प्रहारहरू भएका छन । ऐतिहासिक र पुरातात्विक महत्व राख्ने उनका सालिकहरू ढलाइएका वा तोडफोड गरिएका मात्र नभई उनलाई युद्ध अपराधीको रूपमा समेत प्रचार गरिएको छ । अहिले आएर उनका विरुद्धमा कैयौँ लेख तथा पुस्तकहरू लेखिएका छन र यस्ता अधिकांश पुस्तकहरू कल्पना र हल्लामा मात्र आधारित छन । त्यसो गर्नु पृथ्वीनारायण शाहको मात्रै होइन, नेपालको इतिहासमाथिकै प्रहार र अपमान हो भनेर बुझ्न जरुरी छ ।

पृथ्वी नारायण शाह माथि आक्रमण गरेर गणतन्त्र बलियो हुने हैन र उनमाथि को आक्रमणले राजतन्त्रसँग बदला लिने आशय राख्नु पनि गलत हो । एकीकरण अभियानका वेलामा पृथ्वीनारायण शाहमा केही कमीकमजोरीहरू थिए होलान । तर, ती कमजोरीहरू उनको महान अभियानका सामु गौण छन । २० वर्षको उमेरमा एकीकरणको महत्वाकाङ्क्षा राखेर सफलताको बाटोमा हिड्ने अदम्य साहस भएका यी राजास“ग आजको पुस्ताले सिक्नुपर्ने धेरै कुरा छन् । अढाई सय वर्षपछि उत्पात मच्चाएर उल्लेख गर्नुपर्ने विषय नभई केवल साधारण कमजोरीका रूपमा मूल्याङ्कन गर्ने विषय हुन ।

घुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रु हुन,नेपाल दुई ढुङ्गाबिचको तरुल जस्ता बास्तवीक उखान र उनका उनका यस्ता दिव्योपदेशका दूरगामी तथा अर्थपूर्ण सरल परिभाषा अहिले पनि उत्तिकै सान्दर्भिक छन । पृथ्वी नारायण शाहको कुरा गर्दा यीनका साहसी सेनानीहरु कालु पाण्डे लगायतलाई ईतिहासले विर्षन हुदैन । किर्तिपुर युद्धमा पृथ्वी नारायण शाहका दाहिने हात मानिएका कालु पाण्डेले वीरगति प्राप्त गरेका थिए । अन्त्येष्टि पश्चात स–सम्मान काठमाण्डौ थानकोट नजिक ईन्द्रदहमा उनको समाधी अझै पनि त्यहि ठाउमा रहेको छ । आधूनीक नेपालको खाका कोर्ने यीनै राजाले नै गोर्खामा देखेको काठमाण्डौको सपनालाई सिङ्गो नेपालमा रुपान्तरण गर्दै नेपालमा शाहवंशको इतिहासको नयाँ आयाम प्रार्दुभाव गरेका हुन । विक्रम सम्वत १८३१ मा मृत्यु भएका यी दूरगामी शासकका छोरा प्रताप सिंह लगायत क्रमशः शाह सन्नततिका शाषकहरुले विक्रम सम्वत २०६३ को जनआन्दोलनको माग अनुरुप शासन सत्ताबाट अपदस्त गराई गणतन्त्रामक नेपाल स्थापित गराईएको हो ।

पृथ्वी नारायण शाहका सालिकहरु नेपालका धेरै शहरहरु अनि चोकहरुमा छन । प्रायः चोर औंला माथी उठाएर उभिएका स्वरूपमा देखिने यीनको सालिक तथा तस्बिरले नेपालीजनलाई सदैव एकताको शिक्षा दिई रहेको छ, दिइरहने छ ।
यसैब्ीच आजैको दिन तोल ल्होसार पनि मनाईदैछ । आज ३ वटा ल्होसारहरु मध्य यो प्राचिनतम ल्होसार हो । तोल ल्होसार नै अन्य ल्होसारहरुको उद्गम मानिन्छ र तोल ल्होसारको आफ्नै दर्शन र महत्व भएको पाइन्छ । तोलको अर्थ हो समय या समयको चक्र र चलाय मानता । देवताको विजय र दैत्यहरुको पराजयको कामना सहित तोल ल्होसारको बिसं २०७९ को संस्मरणमा पनि अन्य वर्षहरु झैं पुजा अर्चना गरिन्छ । सत्य र उज्यालोको पैरवी गर्दै आजको तोल ल्होसारमा सबैलाई आयोन्युजको तर्फबाट शुभकामना ।

त्यस्तै संवत्सर ल्होसारलाई समयचक्र संवत्सर पनि भनिन्छ । नेपालका हिमाली जिल्लाहरु हुम्ला, जुम्ला, डोल्पा, मुगु, मनाङ्ग र तिब्बत तथा भुटानका मानिसहरुले पौष शुक्ल प्रतिपदाको दिनमा धुमधामका साथ मनाउने गर्दछन । विशेषगरी सोनाम ल्होसार जसरी नै मनाइने यो पर्वको दिन मात्र फरक हुने गर्दछ । यो पर्व घर आगन लिपपोत गरी चोखो पारिन्छ र आँफु पनि नुहाएर पुजा गरिन्छ ।

अनि लामा पुरोहित वाट वा घरको मुलीबाट पुजापाठ गराइ गहुँको पिठो आकाशतर्फ उडाएर देवताको विजय र भुत प्रेतको हार होस भनि कामना गरिन्छ अनि मान्यजनबाट आर्शिवाद लिँदै बाबरी रोटी, फुरौला, कन्दमुल आदि खाने पनि गरिन्छ । लोसार दुईवटा शब्द ‘लो’ ‘सार’ मिलेर बनेको छ जस्को अर्थ भोट, भुटानी, शेर्पाली, डोल्पाली, इत्यादि भाषा अनुरुप ‘लो’ को अर्थ बर्ष र ‘सार’को अर्थ नयाँ भन्ने बुझिन्छ । खासगरी यो पर्व नयाँ बर्षको स्वागतका लागि मनाउने गरिन्छ । ल्होसारलाइ लोसार, ल्होछार पनि भन्ने गरेको पाइन्छ । विशेषगरी हिमाली क्षेत्रको समुदायले मनाउने चाडपर्व हो ।