380Shares


सरकारी स्कुलमा पढाइ राम्रो हुदैन र छोराछोरीले गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्दैनन भन्ने धारणालाई चिर्दै अघि बढेको धरानको पब्लिक हाईस्कुलले आफ्नो ७७ औ स्थापना दिवस बिहिबार भव्यरुपमा मनाएको छ । सुनसरीको धरान १२ स्थित रहेको सामुदायिक बिद्यालय पब्लिक स्कुलले स्थापना दिवसलाई उत्सवको रुपमा मनाउदै विद्यालयका उत्कृष्ट छात्रछात्रालाई सम्मान गर्दै छात्रवृत्ति प्रदान गर्नुका साथै बिद्यालयलाई बिभिन्न तबरबाट सहयोग पु¥याउनु हुने महानुभावहरुलाई सम्मान समेत गरेको छ।

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई तथा बिशिष्ठ अतिथि उपमेयर आईन्द्र बिक्रम बेघाको आतिथ्य संगै दजर्ना अतिथिहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा विद्यार्थीका अभिभावकहरु समेतको उपस्थिति रहेको थियो । उत्सव बिद्यलायको खेल मैदानमा विभिन्न स्टलहरु वनाएर सो स्टलहरुमा सोही बिद्यालयका विद्यार्थीहरु आफैले निर्माण गरेका विज्ञान,प्रविधिका रोवर्ट,हस्तकला, पुराना तस्विरहरु लगायत आफ्ना प्रतिभा अवलोकनका लागि आएका पाहुनाहरुलाई प्रर्दशन गराएका थिए । यससंगै विद्यार्थीहरुले उपस्थितिहरुलाई सांस्कृतिक नृत्य प्रस्तुत गर्दै मनोरञ्जन समेत गराएका थिए ।

बिद्यालयका प्रधानाध्यापक डा. ईन्द्र मोहन झाको सभाअध्यतामा सम्पन्न कार्यक्रमको समुद्घाटन धरानका मेयर हर्क राज राईले बिद्यलाय परिसरमा निर्माण गरेको बिद्यालयको नाम सिलालेख एबम बिद्यालयका बिदार्थीहरुले नै निर्माण गरेको रोवर्टको हातबाट फुलका गुच्छा लिनुका साथै रोबर्टसंग हात मिलाएर गरेका थिए ।

सो क्रममा प्रमुख अतिथि राईले बिद्यालयले दिने शिक्षा पेटको लागी नभई देशको लागी हुनपर्ने बताए । उनले शिक्षा त्यो चिज हो जसले मानव समाजको उन्नती प्रगती हुने बताए । जीवनको सेचतना नै शिक्षा भएकोले ती खाले शिषा पब्लिक स्कुलबाट पाउनुपर्ने बताए । समाजमा राम्रै कुरा सिकेपनि पहिलो कुरा शिषा लिनु नै हुने बताए । उनले शिषा क्षेत्रमा लगानी बढाउन आफ तयार रहेको भन्दै जती हालको बजेट छ त्यसमा आफुले ५०÷६० लाख बढी नै लगानी लगाउन बजेट छुटयाईदिने बताए ।