26Shares

सुनसरीको धरान क्षेत्रमा रहेको विभिन्न जातजाति, भाषाभाषी, लोकगीत तथा सांस्कृतिक नृत्यलाई प्रचार प्रसार गरी धरानलाई व्यापारिक आन्तरिक तथा बाहय पर्यटकहरुलाई आकर्षित गर्ने लक्ष्यका साथ बहुजातीय सांस्कृतीक धिमेवाजा,बांसुरी वाद्यवादन तथा विभिन्न राष्ट्रिय लोक सास्कृतिक नृत्य प्रतियोगिता (धे धे वल्ला २०८० ) आयोजना हुने भएको छ ।

नेवा: सांस्कृतिक उत्थान मन्च धरानको आयोजना तथा धरान उपमहानगरपालिका एबम नेवा: देय् दबू धरान प्रबर्द्धक रहेको उक्त कार्यक्रम यहि पुष २७ गते धरान ७ स्थित सिद्धि नेवा परिषदमा आयोजना हुने नेवा: देय् दबू धरानका अध्यक्ष मनोहर शाक्यले पत्रकार सम्मेलनमा जानकारी दिए । सो क्रममा उनले धरान मात्र नभई राष्ट्रका बेरोजगार युवाहरुलाई आफनो जातीय संस्कृति, सस्कार, कला सिकाई गरी कुलत दुव्र्यंशनीबाट उन्मुक्त गराई देशको विकासमा टेवा पुन्याउन उदेश्यले समेत उक्त कार्यक्रमको आयोजना गर्न लागेको बताए । उनले आफुहरुको लक्ष्य नै यस्ता खाले कार्यक्रमहरुबाट देशका विभिन्न स्थानहरुमा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गराउनुका साथै बहुजातीय सांस्कृतिक धिमेबाजा,बांसुरी बाद्यवाद, राष्ट्रिय मौलिक जातीय लोक नृत्य प्रतियोगिताको जर्गेना गर्न टेवा मिल्ने पनि बताए ।

शाक्यले कार्यक्रम आजभन्दा ९ वर्ष अगाडि बि.स. २०७१ सालदेखि सुरु गरिएका थियो भने सोही कार्यक्रम हरेक वर्ष गरिदै आएपनि प्रचार प्रसारको अभावले आम जनमानसमा जान नसकेका बताए । उनले यस किसिमको कार्यक्रम करिब २ बर्ष चौक चौकमा गरिएको थियो भने २ बर्ष भने धरानको भानुचौक स्थित वरपिपल चौतारीमा समेत गराईएको थियो । त्यस्तै धरान ८ सभागृह भवनमा समेत देखाईएको थियो । यो बर्ष भने सिद्धि नेवाः परिषदमा नै कार्यक्रम प्रस्तुत गरिनेछ भने कार्यक्रमलाई भिन्न किसिमको नया नौलोपन बनाउन कार्यक्रमलाई (धे धे वल्ला २०८०) तथा धिमे प्रतियोगिता समेत गर्न लागीएको हो ।

जहा सहभागी सबै कलाकारहरुलाई निःशुल्क प्रशिक्षण दिदै धरानका वडाहरु ७,१४,१५, र नेवाः सांस्कृतिक कला पुञ्जका नया विद्यार्थीहरु बिच प्रोत्साहन निमित्त प्रतियोगितात्मक कार्यक्रम पनि राखिने आयोजकले जानकारी दिए । उक्त कार्यक्रमको मुख्य आकर्षण पौराणिक १५ सय वर्षदेखि ५ हजार बर्ष पुराना नेवार जातिको आफ्नै मौलिक बोकेको चर्यां नृत्य देवी देवताको नृत्य देखाईनेछ भने कौमारी, बसन्तपुरमा रहेका जिवन्त कौमारी,तलेजु भवानी,शाक्य, वज्राचार्यहरुको मुल गुरु मञ्जुश्रीका साथै काठमाडौ उपत्यकामा जलमग्न भएको अवस्थामा उहाले खङ्गले छेदन गरि काष्ठमण्डप शहर बसाउनु भएको किम्दन्ती संगै बज्रयोगिनी देवीको नृत्य समेत देखाईने छ ।

धरान उपमहानगरपालिका मुख्य सम्बद्र्धक रहेको उक्त कार्यक्रममा स्थानिय विभिन्न संघसंस्थाबाट सहयोग हुने अपेक्षा समेत राखिएको आयोजक नेवा संस्कृति उथ्थान मञ्च जनाएको छ । उक्त पत्रकार सम्मेलनमा सास्कृतीक उथ्थान मंचका सम्योजक नरेश शाक्य, सस्थापक नवीन तमोट,निबर्तमान अध्यक्ष चन्द्र हलुवाई तथा धरान वडा न १२ का सदस्य बिनिता बज्राचार्य उपस्थिति रहेको थियो ।