0Shares

किरात याक्थुङ चम्लुङ लिम्बु सास्कृतिक परिषद्को चौथो राष्ट्रिय महाधिवेशन सुनसरीको धरानमा जारी छ । धरान उपमहानगरपालिका वडा नं १५ को चुम्लुङ हिममा बुधबार बिहान उक्त सम्मेलन सुरु भई बेलुका सम्पन्न हुनेगरी जारी रहेको र आजै अबेर नया कार्य समिति समेत चयन गरी अधिबेशान सकिने आयोजकले जनाएको छ ।

महाधिवेशन सुरु हुनुअघि धरान १५ स्थित पाथिभरा लाइन स्थित १५ नं वार्ड कार्यलयबाट महाधिवेशन ¥याली निकाल्दै सुनगामा मार्ग,हुदै चुम्लुङ हिममा पुगी औपचारीक समुद्घाटन गरिएको थियो । जहा आदिवासी जनजाति महासंघ धरान नगर अध्यक्ष सुबास हुक्पाचोङबाङ,किराँत याक्थुङ चुम्लुङ धरान नगर अध्यक्ष तिर्थराज मादेम्बा,परिषदको सचीव कन्चन थलङ लगायतको सहभागितामा चौथो राष्ट्रिय अधिबेशनको पद ¥याली निकाल्दै किरात याक्थुङ चुम्लुङ भवनमा पुगि दिउसो करिब १२ बजबाट चौथो राष्ट्रिय अधिबेशन सुरु भएको हो ।

किरात याक्थुङ चम्लुङ लिम्बु सास्कृतिक परिषद्का केन्द्रीय अध्यक्ष गोबिन्द आङबुङहाङको अध्यक्षतामा सुरु भएको अधिबेशनको प्रमुख अधिती भने प्रेम यक्तेन रहेका थिए भने अन्य विशेष अथितीहरुमा डा.योगेन्द्र पालुङवा,धरान १५ वडाअध्यक्ष नरेश इवारम,अथितिहरु,लिम्बु सस्कृति परिषद केन्द्रिय अध्यक्ष खगेन्द्र पंधाक,याशिली योङहाङ लिम्बू सस्कृती परिषदका सल्लाहकार तथा पत्रकार हर्ष सुब्बा लगायत सयौको संख्यामा सहभागीत रहेको थियो ।

सोही महाअधिबेशनलाई सम्बोधन गर्दे कर्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रेम यक्तेनले कोशी प्रदेशका ८२ वटा सांसदहरूलाई प्रवेश निषेध गर्नुपर्ने बताए । उनले हाम्रै पहिचानबादीहरु नै पहिचानको बिरोधमा लागेको भन्दै यस्ता ब्यक्तिहरुलाई चुम्लुङमा पस्न समेत नदिने चेतावनी दिए । उने कोशी प्रदेशको पुन नामाकरणको बिषयमा बैठक बसी आन्दोलनको कार्यक्रम समेत सार्वजनिक गर्ने बताएका थिए ।