1Shares

प्याब्सन डे २०८० को अवसर पाररे धरान प्याब्सनले धरान रनलाई चुत्ता हस्तान्तरण गरेको छ । यहि आउदै गरेको फागुन १२ गते हुने धरान १० किलोमिटर रन एबम बाह्रौ नेवा च्यारेटी २०८० दौडमा सहभागीता जनाउन तयारी गर्दे गरेका तथा धरान रनको हरेक शनिबार तीन्कुने स्थित लाघाङली बनबाट तीनकुने सम्म दौडिने धाबकधाबिकाहरुका लागी उक्त जुत्ता प्रदान गरेका हुन ।

प्रतियोगिताको निम्ति धावक धाविकाहरुको निम्ति जुत्ता आवस्यक हुने उदेश्यले निजि बिद्यालयको संगठन जिल्ला प्याब्सन सुनसरीले उक्त जुत्ता हस्तान्तरण गरेका हुन । प्रदान गरिएको जुत्ता २० हजार बराबरको २८ जोर रहेको र प्यावसनका पदाधिकारीहरुले धरान रन समुहलाई धरान रनकै कार्यालयमा नै पुगी बुधबार उक्त जुत्ता हस्तान्तरण गरेका थिए ।

धरान रनले प्रत्येक शनिबारको हुने धरान रन साप्ताहिकमा आवस्यकता धावकधाविकालाई जुत्ता दिइदै आएका छन । राष्ट्रमै सर्बाधिक धावक धाबिकाहरुको उपस्थितीमा हरेक बर्ष राष्ट्रि दौड प्रतियोगीत समेत गर्दे आएको धरान रन समुहका अध्यक्ष रोमु राईले जानकारी दिए । सो क्रममा राईले प्यावसनको साथ र सहयोगको निम्ति धरान रन समूह प्याब्सनका पदाधिकारीहरुप्रति कृतज्ञता ब्यक्त गरेका छन ।

यसैबीच धरान रनले हुन लागेको धरान रनका लागी सहकार्य तथा सद्भावको लागी सम्पुर्ण धरानेहरुमा आव्हान समेत गरेको छ । धरान रन समुहद्वारा बर्षमा एकपल्ट हुने दौड प्रतियोगितामा विभिन्न क्षेत्र, समूह तथा संघसस्थाको सहयोग अनि सहकार्यमा भव्यरुपमा सम्पन्न हुने गर्दछ । धावकधाविकाको उत्कृष्ट दौड सुरक्षा र प्राथमिक उपचार सहित उच्च ब्यवस्थापनको निम्ति विभिन्न तहका भोलन्टीयर्सहरुको सहकार्य बिशेष स्थानमा रहेको हुन्छ भन्दै धरान रनले आउने फागुन १२ गते १ण् किलोमिटर धरान रन तथा बाह्रौ नेवा च्यारेटी २०८० को दौड प्रतियोगितामा सम्पुर्ण तहका भोलन्टीयर्स गर्न चाहनु हुने मानुभाव तथा संघसस्था र टोलसमितीरक्लबलाई धरान रन समूहमा सम्पर्क गरिदिन हुन हार्दिक अनुरोध गर्दछौ