199Shares

गायक तथा सङ्गीतकार कृष्णभक्त राई र गायक राईकै भतिजी एबम सुरिली स्वरकी धनी गायिका जुनी खालिङ राईको स्वर धरानमा गुन्जयमान भएको छ ।

मंगलबार धरान डे उत्सबको समापनको दौरान साङ्गीतिक कार्यक्रममा एकै स्टेजमा काका र भतिजिले माईक समात्दा धरानको साङ्गितिक माहोल नै बेग्लै बनेको थियो । एक त धरान डेको अन्तिम दिन परेर होला दर्शक खचाखच अर्को तर्फ गायक कृष्ण भक्त र गायिका जुनु खालिङ्गको प्रस्तुतिले धरान डेको माहोल नै उल्लासमय बनेको थियो ।
उनीहरु दुबैको गायन ‘गीत गुञ्जन भएको उपस्थित दर्शकहरुको प्रतिक्रिया थियो ।

सो क्रममा गायनको थप रौनक भने गायक राईका बुबा ६९ बर्षिया दल बहादुर राई एबम गायिका जुनिकै काकी चन्द्र कुमारी राई बनेकि थिईन । उनिहरु पारिबारिक सदस्य सहित धरान डे महोत्सवमा उपस्तिथ थिए । धरान उपमहानगरपालिकाले आयोजना गरेको १२३ औ धरान डे उत्सब सम्पन्न सांगीतिक कार्यक्रममा उनीहरुले एकैसाथ तीन चर्चित गितमा प्रस्तुत दिएका थिए ।

गायक कृष्णभक्तले एकल रुपमा सुरु गरेको पहिलो गित तोङ्गवा सुरुपै बोलको गीत गाएका थिए भने लगतै गायिका जुनु खालिङ्गले यो नजर ले त्यो नजरलाई त्यस्पछी पुन गायक कृष्ण भक्त र गायिका जुनु खालिङ्गले संयुक्त रुपमा अहिलेको निकै नै चर्चित लोक भाका बिनायो कङ्गकङ्ग बोलको गीत गाउदा कार्यक्रम स्थल नै गुन्जयमान भएको थियो ।

सोही क्रममा गायक कृष्ण भक्त र गायिका जुनीले आयो न्युजसङ्ग प्रतिक्रिया दिदै कार्यक्रममा सोचेभन्दा धेरै दर्शक सहभागी भएको भन्दै कार्यक्रम भव्य भएको जानकारी दिईन् । उनले धरानमा नै पहिलो पटक उत्सब एबम लाईभ कार्यक्रममा यतिको दर्शक देख्न पाएको प्रतिक्रिया दिए ।

त्यस्तै गरि सोही कार्यक्रममा चर्चित लोकभाका देउराली बनेछ डुङ्गाको डर केलाई मान्छौ जुङ्गाको काट्दिउला बरु जम्मै बोलका गायक तथा संगीतकार उमंग लामाले समेत आफ्ना दम्दार प्रस्तुती दिएका थिए । त्यस्तैगरी पुष २० देखि २४ गते सम्म चलेको उक्त महोत्सव अबधी भरमा द भ्वाइस अफ नेपालका प्रतियोगी नोगेन लिम्बु, द भ्वाइस अफ नेपाल सिजन -३ का टप १० का फाईनालिस्ट मध्येका चर्चित गायक जेनिस राई,अर्का गायक बिनोद राई,अरुण बिश्वकर्मा लगायतका दर्जनौं स्थानिय तथा रास्ट्रीय कलाकारहरुले आ आफ्ना प्रस्तुति दिएका थिए भने सोही महोत्सवमा धरान भरिका विभिन्न विद्यालयका बिद्यार्थीहरु बिच गराईएको प्रतियोगिताका बिजय बिद्यार्थीहरुलाई पुरस्कार तथा सम्मान प्रदान गर्नुका साथै विभिन्न खेलकुदका साथै र्याली एबम झाकिमा सहभागी संघ सस्थाहरुलाई सम्मान पत्रले सम्मान समेत गरिएको छ ।

त्यस्तै महोत्सवलाई थप रमाइलो बनाउन कार्यक्रमका सन्चाकको रुपमा गोबिन राजभण्डारी र मेरिना तुम्सा लिम्बुले भुमिका निभाएकी थिईन ।