0Shares

सुनसरीको धरानमा १२३ औ धरान डेको पाँच दिने उत्सव विविध कार्यक्रमहरुको आयोजना गर्दे मंगलबार समापन भएको छ । अन्तिम दिन मंगलबार बिहान ९ बजे सुनसरी समृद्धि बिषयक सरोकारबालाहरु संगको लागानी गोष्ठी दिउँसो १ रस्सी तान प्रतियोगिता संगै उत्सबलाई विभिन्न क्रियाकलापमा सहभागीहरुलाई सम्मान तथा कदर पत्र प्रदान तथा बिजेतालाई कुखुराको भाले बाड्दै उत्सब समापन गरिएको हो ।

त्यस्तै धरानका विभिन्न समुहहरुको साङ्गितिक सहभागिताका साथै प्रस्तुति समेत दिइएको थियो । पाँच दिनसम्म चलेको उक्त उत्सबको दौरान विभिन्न कलाकारहरुको टोलीले विभिन्न भाकामा लोक जुवारी सङ्गै जातिय तथा सास्कृती नृत्य समेत पस्किएर धरान डे उत्सवलाई मनोरञ्जन दिलाएका थिए ।

लोक जुवारी चलिरहदा धरानका मेयर हर्क राज राई सहित उपस्थित अन्य पाहुनाहरु पनि छमछमी नाचेका थिए ।
यस्तै, रस्सी तान प्रतियोगितामा पुरुषतर्फ धरान ६ तथा महिला तर्फ धरान फिटनेसको टोली विजेता भयो । विजेता उपबिजेताले क्रमस ७ र ५ वटा लोकल कुखुराको भाले पुरस्कार पायो भने मेयर हर्क राज राईले अन्य प्रतियोगिताका विजेतालाई नगद पुरस्कार सहित सिल्ड प्रदान गरेका थिए ।

धरान सहर स्थापनाको १२३ औं बर्ष पुगेको अवसरमा धरान डे उत्सव आयोजना गरिएको हो । धरानले पुष २० गतेलाई धरान सहर स्थापना दिवस मनाउदै आएको छ । तीन दिन अवधिमा सांगीतिक, साँस्कृतिक कार्यक्रम, खेलकुद, बहुभाषिक कविता गोष्ठी, धरानको पर्यटनबारे गोष्ठीलगायत कार्यक्रमहरु पनि आयोजना गरिएको थियो ।

व्यापारिक, खानाका परिकारहरु, स्वास्थ्य शिविर, कृषि उत्पादनलगायनतको स्टलहरु थिए । विभिन्न जातीय संघसंस्थाहरुले मौलिकता झल्कने गरि राखेको स्टलहरु रोटेपिङ खेलतामासा धरान डे उत्सवको यस बर्षको मुख्य आकर्षंण भएको थियो ।