1Shares

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको समस्या दिनप्रतिदिन सामाधान हुनुका सटटा बिकराल बन्न थालेपछि धरानका राजनीतिक दलहरुको प्रतिनिधि मण्डलहरु पुर्व प्रधानमन्त्री एवम नेपाली काँग्रेसको सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ ।

बिहिबार बिहान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सन्दर्भ र समसामायिक बिषयमा उत्पन्न समस्याका सामाधान खोजन दल हरु आ आफना माओपार्टीका नेताहरु भेटने क्रममा नै उनीहरु काग्रेस नेता देउवालाई भेटेका हुन । उक्त भेटमा देउवा गम्भीर हुँदै स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतलाई फोन गरी प्ररतिष्ठानका बारेमा थप जानकारी लिई समस्याको समाधान गर्न आवश्यकता परेमा सिनेट बैठक गर्न समेत गर्न सुझाएको नेपाली काँग्रेस क्षेत्रीय सभापति सुजेन्द्र तामाङले आयो न्युजलाई बताए ।

उक्त टोलीमा कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्मा, प्रदेश सांसद विजय राई, पुर्व मेयर तिलक राई, काँग्रेस नगर सभापति श्याम पोखरेल, नेकपा एमाले नगर अध्यक्ष हर्कजंग एभेङ,नेकपा माओवादी केन्द्र नगर अध्यक्ष मनोज भट्टराई, काँग्रेस नगर उपसभापति तथा १८ नं वडा अध्यक्ष प्रविन राई, जनता समाजवादी पार्टी नगर अध्यक्ष ताजुव लिम्बू लगायत सहभागी छन । उनीहरु प्रतिनिधि मण्डलको रुपमा आजै मुख्य सचिव बैकुण्ठ अर्याल र स्वास्थ्य मन्त्री बस्नेतलाई समेत भेट्ने बताएका छन ।

उता राष्ट्रिय स्वतन्त्र पार्टी धरान नगर समितिका सचिव सुमन श्रेष्ठ तथा अखिल नेपाल क्रान्तीकारी मजदुर संगठनका नेता लिला बहादुर प्रधानले पनि वीपी प्रतिष्ठान सुधार संगै यातायात सुधारमा सरकारले गर्नुपर्ने पहल लगायत कोशी प्रदेशका समस्याहरु सम्बनधी सममाननीय प्रधानमन्त्रीका स्वकीय सचीव रमेश मल्लसंग समसायमीक बिषयमा अन्तरसंवादसंगै ध्यानाकर्षण गराएका छन । उनीहरुले बुधबार नै काठमाडौ पुगेर प्रधानमन्त्रीका स्वकीय सचिव मल्ललाई भेटी उक्त ध्यानआर्कषण गराएका हुन ।