70Shares

पुर्वाञ्चल क्याम्पसका विद्यार्थीहरुको संस्था डेल्टा ४.०ले पाचौं संस्करणको रुपमा ग्रीन टेक्नोलोजीका ४ बिषयमा राष्ट्रिय स्तरको प्राविधिक महोत्सव शुक्रबारबाट सुरु गरेको छ । धरान ८ तीनकुने स्थित रहेको पूर्वाञ्चल क्याम्पसको खेल मैदानमा उक्त महोत्सव सुरु भएको हो ।

सात वटा इन्जिनियरिङ्ग संकाय सम्बद्ध गैर राजनीतिक विद्यार्थी समाजहरुको सहकार्यमा स्थापित संस्था डेल्टाले हरेक बर्ष आयोजना गर्दे आएको राष्ट्रिय स्तरको प्राविधिक महोत्सव यस बर्ष पनि आयोजना गरेको कार्यक्रमका तथा डेल्टा ४.० का सम्योजक कल्याण बास्कोटाले जानकारी दिए । यस बर्ष डेल्टा ४.० को पाचौं संस्करणको रुपमा आज शुक्रबारबाट सुरु भएको उक्त महोत्सव तीन दिन सम्म चल्नेछ ।

आजको कार्यक्रम नेपाल सरकारका पुर्ब उपप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता प्रकाश मान सिहले समुदघाटन गरेका थिए । उक्त महोत्सवको ४ बिषयबस्तुलाई मुख्य आर्कषण बनाईएको छ । जहाँ पहिलो बिषय हरीयो प्रबिधि (Green Technology) अन्तर्गतको दिगो संरचना (Sustainable Thstructure) नवीकरणीय ऊर्जा एकीकरण (Renewable Energy Integration) फोहोरदेखि (ऊर्जा र ऊर्जा कुशल डिजाइन)(Waste-to-Energy & Energy eficient Design) सम्मको कार्यक्रम राखिनुका साथै सोही बिषयबस्तु सङ्ग सम्बन्धित करिब ८० वटा स्टलहरु राखिएको डेल्टा ४.० कार्यक्रमका ब्यापार सम्योजक आशिष शाहले आयो न्युजलाई जानकारी दिए ।

उनका अनुसार बिगत झैँ यस वर्ष पनि राष्ट्रिय स्तरको प्राविधिक महोत्सवमालाई सफल बनाउन सह–संयोजक कल्याण बास्कोटा,उप–संयोजक बिबेक न्यौपान,प्रमुख संवाददाता प्रशान्त काफ्ले,व्यापार संयोजक आशिष शाह,वित्त संयोजक श्रीकृष्ण यादव,प्राविधिक संयोजक सिद्धान्त ठाकुर तथा प्रदर्शनी संयोजक शरण क्षेत्रीको टीमले काम गरीरहेको छ ।

उक्त डेल्टा ४.० महोत्सवको पाँचौं संस्करणमा देश भरका विश्वविद्यालयका साथै,कोशी प्रदेशमा रहेको विद्यालयहरु साथै प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थीहरुले समेत विभिन्न प्रतिस्पर्धामा सहभागिता जनाएका छन भने उक्त प्रतिस्पर्धामा भाग लिई बिजेता हुनेलाई सम्मान पुरस्कारको समेत ब्यब्स्था गरिएको छ । महोत्सवमा करिब २० हजार जनाले अबलोकन गर्ने पनि आयोजकको अपेक्षा छ ।

डेल्टा ४.० का सम्योजक कल्याण बास्कोटाको सभापतित्त्बमा भएको उक्त महोत्सवमा धरानका उपमेयर अहिन्द्र बिक्रम बेघा,क्याम्पस प्रमुख काजी राम कार्की,सिभील बिभागका बिभागीय प्रमुख भीषण भुजेल,स्वतन्त्र बिद्यार्थी युनियनका सभापति नवीन श्रेष्ठ,बिद्यार्थि, पत्रकार लगायतका सयौको संख्यामा उपस्थितिमा रहेको थियो ।