??AAYO NEWS & GK VLOGS
0Shares

कोशी भिजन फिल्मस प्रा.ली.को ब्यानरमा निर्माण गरीएको नेपाली चलचित्र चारदामको दोस्रो विशेष सो सुनसरीको धरानमा गरिएको छ । चलचित्र मैना घिसिङ, मदन बहादुर राई, पूर्ण लिम्बू, वर्षा राजभण्डारी तामाङले संयुक्त रुपमा निर्माण गरेका हुन ।

सोहि चलचित्रको शनिबार धरान ८ स्थित बराहा डिपार्टमेन्ट स्टोरमा रहेको फ्रेन्ड सिनेमा हलमा दोस्रो विशेष सोको रुपमा प्रदर्शन गरिएको थियो । चलचित्र चारदाम तामाङ जातीको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतिको संरक्षणका लागि निर्माण गरिएको उक्त चलचित्रको धरानमा हाउसफुल सो भएको निर्माण पक्षले जनाएको छ ।

चलचित्र हेरेसकेपछी तामाङ भाषा धर्म सस्कृती जोगाउन खेलेको भुमिकाको चर्चा गरेसङै धेरै राम्रो बनेको दर्शकहरूले बताएका छन् । यसअघि यही टिमले निर्माण गरेको ‘अभियान’ चलचित्र समेत निकै राम्रो बनेको समेत उनीहरूले प्रतिक्रिया दिएका छन ।

सो क्रममा दर्शकहरूका भिडका कारण सिट नपाएर भुईँमै बसेर समेत चलचित्र चारदाम हेर्दै गरेको देखिएको थियो । दिउँसो करिब १२ बजेबाट सुरु गरिएको उक्त सो हुनुअघि चलचित्र ‘चारदाम’ निर्माणमा सहयोग पुर्याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान पत्र प्रदान गरिएको थियो ।

मोहन लोप्चन तामाङको प्रस्तुति रहेको चलचित्र चारदाममा लाखमन योन्जन तामाङको लेखन, निर्माण,अभिनय तथा निर्देशन समेत रहेको छ । भोजपुर र सुनसरीको विभिन्न स्थानमा छायाङ्कन गरिएको उक्त चलचित्रमा सुकुमाया मोक्तान तामाङ, सुवास योन्जन तामाङ, मदन राई, शान्ति पाख्रिन, पूर्ण लिम्बू, मोहन लोप्चन, मेनुका राई, डम्बर कुमारी लिम्बू, कान्छा लामा, बाल कलाकार सुम्निमा तामाङ लगायत कलाकारहरूको अभिनय रहेको छ । त्यस्तै सोही चलचित्रमा ३ ओटा गीत समावेश गरिएको छ भने दीपक लिम्बू, मुना ठटाल, पूर्ण लिम्बू, जोनि तामाङ र पदम ग्यावाले गीत गाएका छन् ।

चलचित्र चारदाममा सुमन तामाङको छायाङ्कन तथा हेमन तामाङको सम्पादन रहेको छ भने अशोक मण्डलको शृङ्गार रहेको चलचित्रको अबको दिनमा काठमाडौँ, पोखरा, भोजपुर, मोरङको बेलबारी लगायतका स्थानहरुमा प्रिमियरको तयारी समेत भइरहेको निर्माण युनिटले जनाएका छन् ।