©AAYO NEWS & GK VLOGS
0Shares

आज विश्व क्यान्सर दिवस् (अबुर्द रोग), संसारभरिका सबैजना ऐक्यवद्धरुपमा क्यान्सरसँग लडनका लागि चेतना भर्ने दिनको रुपमा मनाईदैछ । हरेक वर्ष लाखौं मानिसहरूको क्यान्सरका कारणले हुने मृत्यु कम गर्दै धेरैलाई जागरण अनि उपचारका माध्यमबाट जोगाउने हेतूले फेब्रुअरि ४ मा अर्थात आजैकै दिन क्यान्सर दिवस मनाईने गरिइन्छ ।

यसै दिवस लाई सफल बनाउन साईक्लिङ्ग धरानले समेत धरान बिराटनगर साईकल र्याली निकालेको छ । आज आईतवार बिहानै ७ बजेबाट धरान १२ स्थित पब्लिक स्कुलको खेल मैदानबाट उक्त र्याली निकालिएको हो । जहाँ धरानका मेयर रिबन झार्दै सिटि फुकेर बिदाई गरेका थिए ।

सो क्रममा उनले हामीमध्ये धेरैले विभिन्न प्रकारका क्यान्सरको कारणले आफन्त, साथीभाई र छिमेकी गुमाएको हुनपर्दछ। क्यान्सर वास्तवमै हामी मानिसहरुकोलागि एउटा दूर्भाग्य सावित भएको छ, खर्च, पीडा र यससंगको लडाइको संघर्ष रहेको बताए ।

त्यस्तै र्यालिमा श्रीमान श्रीमती र आफ्ना ७ बर्षिया छोरा सहित साईकल राईडमा सहभागी हुनुभएका साईक्लिङ धरानका कृष्ण केसिले धेरै जीवनलाई मृत्युसम्म घिसारिरहेको छ भने धेरै मानिसहरु क्यान्सरसंग जुधिरहेका, लडिरहेका छन् । आज यी सबैलाई हौसला अनि मृत्यू भएकालाई श्रद्धाञ्जली दिने दिवस पनि हो उनले भने ।

आजको दिन फराकिलो क्रियाकलापहरुका माध्यमबाट क्यान्सरका विभिन्न स्वरुप विरुद्धको जागरण कसरी फैलाउन सकिन्छ भनि विश्वस्तरमै छलफल गरिन्छ र यहि कामलाई हामिले साईक्लिङ्गको माध्यमबाट गर्ने प्रयास गरेका छौ के सिले भने । केसिका अनुसार धरान बाट सयौं साईक्लिस्ट हरुको सहभागितामा सुरु भएको उक्त र्याली धरान तरहरा इटहरी दुहबी हुदै बिराटनगर पुग्ने र बिराट मेडिकल कलेज पुगि विभिन्न ब्यक्तित्बको उपस्तिथिमा दिउसो ११ बजे औपचारिक कार्यक्रम समेत हुने जानकारी दिए।

बिश्व अध्यनहरुका अनुसार संसारभरिका क्यान्सरले गराउने मृत्युको कूल २२ प्रतिशत सुर्तिजन्य पदार्थ सेवनका कारणले हुने पाईन्छ । १० प्रतिशत भने धेरै खाना खाएर या पौष्टिक आहारको कमीका कारण, मदिरा सेवन र नियमित ब्यायामको कमीले हुने रोग र सक्रमणका कारणले हुने क्यान्सरले हुनेरहेछ । बाँकी क्यान्सरका कारणहरुमा विकिरणहरु अनि अन्य संक्रमणहरु रहेका छन् । विकासोन्मुख देशहरुमा भने हेपाटाईटीस बि, सि अनि “ह्यूमन प्यापीलोमा” भाईरसहरुका कारणले पनि क्यान्सर भएको पाईन्छ । केही क्यान्सरहरुभने पुस्तैनीरुपमै जिनमा आउने हुन्छ, कूल क्यान्सरको ५ देखि १० प्रतिशतसम्म यस्ता पुस्तैनी रुपमा आउने आनुवांशिक क्यान्सर पर्दछन् ।
क्यान्सरको उपचारात्मक स्वास्थ्य विज्ञानलाई ‘ओकोंलोजी’ भनिन्छ भने नेपालीमा क्यान्सरलाई अर्बुदरोग भनिन्छ । समयमै पहिचान हुनसकेमा धेरैहदसम्म क्यान्सरको रोकथाम गर्न सकिन्छ ।

क्यान्सरको उपचारकालागि विकिरणहरु प्रयोग गरि क्यान्सर भएको ठाउँमा सेक्ने गरिन्छ । यस्तो पद्धतीलाई ‘केमोथेरापी’ भनिन्छ र केमो गर्दा विरामीहरुको अधिकांश कपाल झर्ने भएकाले आज संसारभरिका मान्छेहरुले आफ्नो कपाल काटेर क्यान्सर पिडितलाई पूर्नप्रयोगकालागि दान दिने र सामाजिक सञ्जालमा पनि कपाल विनाको तस्वीर राखेर क्यान्सर विरुद्धको ऐक्यवद्धता जनाउने चलन छ । हामी नेपालीहरू समय समयमा स्वास्थोपचारका लागि निरोधात्मक शैलीका जाँच नगराउने गरेकाले पनि क्यान्सरको जोखिममा धेरै छौं ।विरामी भएर मात्र उपचारमा जाने बानीलाई त्याग गर्दै समय समयमा उपचार गर्न जरुरी छ भने अर्कोतर्फ नेपालमा स्वास्थ्यउपचार भन्ने वित्तिकै अत्यन्त झर्कोलाग्दो र खर्चिलो रुपमा हेर्छौं तर नेपालभर रहेका सरकारी अस्पताल या स्वास्थ्य केन्द्रमैं पनि सहज रुपमा उपचार अनि जाँच गराउन सम्भव छ, जुन त्यति खर्चिलो पनि हुन्न् भने थोरै दुखः आफ्नो स्वास्थ्यकालागि गर्ने हुन्छ ।

एक अध्यनका अनुसार संसारभरिका क्यान्सरले गराउने मृत्युको कूल २२ प्रतिशत सुर्तिजन्य पदार्थ सेवनका कारणले हुने पाईन्छ । १० प्रतिशत भने धेरै खाना खाएर भएको पाईन्छ । तसर्थ आ आफ्नो स्वास्थको केयर गरौ र आजैबाट क्यान्सर सचेतना कार्यक्रममा सहभागी बनौ ।