©AAYO NEWS & GK VLOGS
8Shares

सुनसरीको धरानमा जारी टेस्टि टेस्टी नुडल्स २४ औ गोधुली रनिङ कपमा वडा न ८ लाई हराउदै वडा न १३ सेमिफाइनल प्रवेश गरेको छ ।

आज सोमबार धरान १६ स्थित धरान रङ्गशालामा दिउँसो ३ बजेबाट भएको तेस्रो क्वाटर फाईनल खेलेमा वडा १३ ले वडा न ८ लाई २-० गोल अन्तरले हराउदै वडा न १३ सेमिफाइनल यात्रा समेत तय गरेको हो। निकै नै प्रतिस्पर्धात्मक खेलमा वडा न १३ लाई जिताउन खेलको दोस्रो हाफको १८ र ४२ औ मिनेटमा जर्सी न ७ का मिलन लिम्बुले एक्लै २ गोल गरेका थिए भने सोहि गोल नै वडा न १३ को जितको लागि प्रयाप्त बन्न पुग्यो ।

आजको खेलको म्यान अफ द म्याच पनि वडा नं १३ का जर्सी न ७ का मिलान लिम्बु नै घोषित भए भने उनले नगद २ हजार सहित मेडल तथा प्रमाण पत्र प्राप्त गरेको छ । भोलि दिउँसो ३ बजे हुने चौथो तथा अन्तिम क्वाटर फाईनल खेल धरान वडा न ६ र वडा न १७ का बिच हुनेछ ।

प्रतियोगिता बिजेता टोलीले नगद १ लाख ५० हजार र उपविजेता टोलीलाई नगद ७५ हजार पुरस्कार प्राप्त गर्नेछ भने यसबाहेक विजेता र उपविजेता टोलीलाई वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई र बेलायत निवासी उनका बुबा ध्यानबहादुर राईले थप २५/ २५ हजार दिने घोषणा समेत गरेका छन ।

खेलका वेष्ट प्लेयरले १५ हजार र हाई स्कोरले ७ हजार ५ सय पुरस्कार पाउनेछन् भने विधागत उत्कृष्ट खेलाडीहरुले नगद ५ हजार ५ सय पुरस्कार पाउने आयोकज क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए।