111Shares

आफ्नो स्थापना काल देखी नै सामाजीक सेवा संगै स्थानीयहरुको सहभागीतामा बिभिन्न सामाजिक निर्माणको कार्यक्रमहरु गर्दै आईरहेको रोटरी क्लब अफ धरानले साइक्लोक्रस १.० र साईक्लोफन २.० (Cyclocross 1.0 & Cyclofun 2.0) रेस कार्यक्रम गर्ने भएको छ ।

सामाजिक कार्यको निरन्तरताको साथै धरानकै एक विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुका लागि विभिन्न खेल साम्रगीहरु निर्माणमा लागि साइक्लोक्रस १.० र साईक्लोफन २.० (Cyclocross 1.0 & Cyclofun 2.0) रेस कार्यक्रम गर्न लागेको रोटरी क्लब अफ धरानले जनाएको छ । कार्यक्रम आउदो फागुन ७ गते धरानको भानुचोकबाट सुरु हुनेछ । जहँ खुल्ला प्रतिस्पर्धामा १६ बर्षदेखीका साईकलिष्टहरुले १६ किलोमीटरको साईक्लोक्रस १.० क्रस कन्ट्री माउन्टेन बाईक रेसमा भाग लिनेछ भने अर्काे साईक्लोफन २.० अन्तर्गत ७ किलोमिटरको क्यारेटी रमाइलो सबारी (Fun Ride) आयोजना हुनेछ ।

धरानको भानुचोकबाट बिहान ७ बजे सुरु भई १६ किलोमीटरको दुरि पार गर्दै धरान १५ स्थित खोरिया बस्तीमा रहेको श्री जनता आधारभुत विद्यालयमा पुगी समापन हुनेछ । त्यस्तै सोही कार्यक्रमको दौरान त्यहा अध्ययनरत रहेका बिद्यार्थीहरुको लागि स्वास्थ तथा खेल सामग्री निर्माण गरीने पनि कार्यक्रम सम्योजक तथा रोटिरियन बिनय लाल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार उक्त प्रतियोगितामा सहभागी राईडरहरु मध्ये बिजेताले नगद २० हजार दोस्रो हुनेले नगद १५ हजार तथा तेस्रो हुनेले नगद १० हजार पुरस्कार पाउने छ । त्यस्तैगरि महिला तर्फको सबैभन्दा छिटो रेस पूरा गरी बिजेता हुनेलाई नगद ५ हजार, मेडल तथा प्रमाणपत्र र ४० बर्ष माथी कटेकाहरु मध्येका सबैभन्दा छिटो रेस पूरा गरि बिजेता हुनेले समेत नगद ५ हजार पुरस्कार संगै मेडल तथा प्रमाणपत्र प्राप्त गर्नुका साथै रेसमा सहभागी सबैले जर्सी, प्रमाणपत्र एबम खाजा नस्ता समेतको सुबिधा पाउने आयोजकले जनाएको छ ।

उक्त रेसमा सहभागीताका लागि दर्ता शुल्क ५ सय सहित बि.स.२०८० साल माघ २२ गते देखि फागुन ३ गते सम्म फारम भर्न सकिने आयोजकले जनाएको छ । यसका अलावा उक्त रेसमा सहभागी हुने व्यक्तिहरुले साईकल (-Cycle) र हेल्मेट (Helmet)आफै व्यवस्था गर्नु पर्ने समेत आयोजकले जनाएको छ ।