©AAYO NEWS & GK VLOGS
50Shares

सुनसरीको धरानमा जारी टेस्टि टेस्टी नुडल्स २४ औ गोधुली रनिङ कपमा वडा न ११ लाई हराउदै वडा न १४ सेमिफाइनल प्रवेश गरेको छ । आज आईतवार धरान १६ स्थित दिउँसो ३ बजेबाट भएको क्वाटर फाईनल खेलेमा वडा १४ ले वडा न ११ लाई २-१ गोल अन्तरले हराउदै उक्त सेमिफाइनल यात्रा तय गरेको हो ।

निकै नै प्रतिस्पर्धात्मक खेलमा वडा न १४ लाई जिताउन खेलको पहिलो हाफको १२ औ र दोस्रो हाफको १० मिनेटमा नै वडा न १४ का जर्सि न ९ का सरोज राईले एक्लै २ गोल गरेका थिए ।

त्यस्तै खेलमा धरान १४ का जर्सी न ३ का बिक्कु राईले गोल्पोस्ट नजिक फल गरेपछि पाएको फ्रीकिकको सदुपयोग गर्दै धरान वडा न ११ का जर्सि न १० का रिबस मास्केले खेलको ३२ औ मिनेटमा १ गोल गर्दै फर्काए पनि उक्त गोल वडा न ११ को जितको लागि प्रयाप्त भएन र अन्न्तत वडा न ११ हार बेहोर्न पुग्यो ।

आजको खेलको म्यान अफ द म्याच वडा नं १४ का जर्सी न ९ का जर्सी न ९ का सरोज राई घोषित भए भने उनले नगद १५ सय सहित मेडल तथा प्रमाण पत्र प्राप्त गरेको छ । भोलि दिउँसो ३ बजे हुने तेस्रो क्वाटर फाईनल खेल धरान वडा न ८ र वडा न १३ का बिच हुनेछ ।