0Shares

नेपाली चलचित्र ‘गोर्खा वारियर’ ले बेलायतमा ऐतिहासिक रेड कार्पेट प्रिमियर गरेर निकै लोकप्रियताको उचाई चुमिसकेको छ । बिशेषगरी नेपाली चलचित्रका लागि ऐतिहासिक क्षणमा अन्तर्राष्ट्रिय चलचित्र ‘गोरखा वारियर’ ब्रिटिस एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन आट्र्स (बाफ्टा) अवार्डका लागि छनोट हुनु नै हो । बाफ्टामा चलचित्रको मान्यता, ओस्कार पछि विश्वव्यापी रूपमा सबैभन्दा प्रतिष्ठित पुरस्कार मध्ये एक मानिन्छ ।

नेपाली चलचित्र इतिहासमा एक महत्वपूर्ण कोसेढुङ्गा सावित गर्याे ‘गोर्खा वारीयर’ ले । यही चर्चा र इतिहास रचेको ‘गोर्खा वारीयर’ लाहुरेको शहर भनेर चिनिने धरानमा पनि ऐतिहासिक रुपमा भव्यरुपमा ग्राण्ड रेडकार्पेट सो आयोजना गरिने भएको छ । रेडकार्पेट शो यही फागुन ५ गते धरान ८ स्थित फ्रेण्डस सिनेमाज हलमा हुने छ । चलचित्रका निर्देशक मिलन चाम्स र कार्यकरी निर्माता ज्योतीराज राई धरान आएर पुर्वका चलचित्रकर्मीहरु सँग भेटघाट गरी ‘गोर्खा वारीयर’ को बारेमा विस्तृत रुपमा जानकारी दिए । एक पछी अर्काे ईतिहास रच्दै आएको ‘गोर्खा वारीयर’ किन हेर्ने के महत्व भन्ने बारे चलचित्रकर्मीहरुलाई प्रस्ट पारेका छन ।

उनले नेपाली चलचित्र ईतिहासमा सबैभन्दा महँगो बजेटमा निर्माण भएको, टप टप हलिवुड चलचित्रहरुमात्र प्रिमियर हुने लण्डनको लेस्टर स्क्वाएरमा प्रिमियर गरिएको, आइम्याक्स फम्र्याटमा निर्माण भएको,बेलायतका हाई प्रोफाइलका व्यक्तित्वहरुको उपस्थितीका साथै बेलायतका प्रधानमन्त्रीले सम्बोधन गरेर शुभकामना पठाएको पहिलो चलचित्र,कोरियन कम्पनीले ७ बर्षको लागी वलर्डवाइड सेलिङ राईट्स लिएको अमेरिकन कम्पनीले वल्र्डवेट वितरण गर्न लागेको ऐतिहासिक चलचित्र भएकोले हेर्नै पर्ने चलचित्र बनेको चाम्सको दावी छ । चलचित्रका कार्यकारी निर्माता ज्योतिराज राईले गोर्खाली कसरी गोर्खाली भए भन्ने बारे निकै गहिरो अध्ययन गरेर फिल्म निर्माण गरेको बताए ।

चलचित्रमा दोस्रो विश्वयुद्द पछी मलायमा भएको घटनाको कथा भएको बताए । उनले चलचित्र बिभिन्न कोणबाट आँफैमा सफल र ऐतिहासिक भैसकेको, हाम्रो घर घरको कथा भएकाले सबैले हेर्नैपर्ने चलचित्र बनेको दावी गरे । चलचित्रले पैसा कमाइसकेको तर अब हरेक घर घर जनजनलाई देखाउनको लागी सबै चलचित्रकर्मीहरु लाग्नु पर्ने बताएका थिए । सोही छलफलमा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुण प्रधान, याक्थुङ चलचित्रकर्मी संघका केन्द्रिय अध्यक्ष नविन मेन्याङ्बो,अनाम नाट्य समुह धरानका पदाधिकारीहरु, कलाकार दिनेश कोइराला, कलाकार समाजसेवी रितेश जङ खत्री लगायतको उपस्थित रहेको थियो ।

याक्थुङ चलचित्रकर्मी संघका अध्यक्ष नविन मेन्याङवोले यती राम्रो ऐतिहासिक चलचित्रलाई धरान र नेपालमा पनि ऐतिहासिक बनाउन संघले भरपुर सहयोग गर्ने प्रतिवद्दता जनाएका थिए भने नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुण प्रधानले चलचित्र आफैमा सफल भईसकेकाले अब धरान र पुर्वका दर्शकहरुलाई हलसम्म तान्नलाई आफ्नो संघ लाग्ने बताए भने कार्यक्रममा उपस्थित अन्य सबै चलचित्रकर्मीहरुले आफ्नो ठाउँबाट भरपुर सहयोग गर्ने प्रतिवद्धत्ता व्यक्त गरेका थिए । चलचित्रमा दोस्रो विश्वयुद्ध अन्तर्गत मलायाको युद्धमा गोर्खा सैनिकले वीरताका साथ लडेर हासिल गरेको सफलतासँगै उनीहरूको सङ्घर्षको कथा बोल्ने ‘गोर्खा वारियर’ बाट रितेश चाम्सले डेब्यू गरेका छन ।

चलचित्रमा रितेशसँगै विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रेयर राई, बिरूप घले, सारा राई लगायतका कलाकारको अभिनय छ । नेपाली चलचित्र इतिहासमा एक पछी अर्को रेकर्ड राख्दै आएको नेपाली कथानक चलचित्र ‘गोर्खा वारीयर’ लाई नेपाली सहित हिन्दी, अंग्रेजी र कोरियाली भाषामा रिलिज गर्दैछन भने चलचित्र यही फागुन ११ गते देशभरका सिनेमाहलहरुमा एकसाथ प्रदर्शनमा आउँदैछ ।