0Shares


मोरङको रंगेली नगरपालिका–७ स्थितबाट हरिणको सिंङ र लागुऔषध गाँजा सहित एक जना माहिला पक्राउ परेकि छिन । पक्राउ पर्नेमा सागर देवी यादव रहेकी छिन । उनलाई बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले रंगेली–७ निचामारी टोल बस्ने ५५ बर्षीया सागर देवी यादवको घर खानतलासी गर्दा घरमा लुकाई छिपाई राखेको ४ थान हरिणको सिंङ र १ किलो ६९७ ग्राम गाँजा वरामद गरेको हो ।

अवैध रुपमा हरिणको सिंङ र गाँजा वरामद भए संगै पक्राउ परेकी सागर देवी यादवको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । उता झापा र मोरङ जिल्लाका दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध कारोबार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा बुधबार दिउँसो ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर–८ बाट स्थानीय २३ बर्षीया गीता बिष्ट र मेचिनगर-१० का ३१ बर्षीया मेग्देन गुरुङलाई १ ग्राम ५ सय मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

यसैगरी ईलाका प्रहरी कार्यालय केराबारी मोरङबाट खटिएको प्रहरी टोलीले धनकुटा नगरपालिका–७ का २१ बर्षीय योगेश राईलाई केराबारी–७ खदम खोला किनारबाट प्रतिबन्धित औषधी ट्रमाडोल र डिकोलिङं गरी जम्मा ३६० ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।