0Shares

सप्तकोशी नदी क्षेत्रमा पर्यटकीय गतिविधिहरु बढी रहेको समयमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई लक्षित गरि साना ठुला होटलहरु खुल्ने क्रम जारी संगै चतराघाट स्थित कोसी पुल कोठुमा करोडौंको लगानीमा सुविधा सम्पन्न होटल सञ्चालनमा आउदैछ ।

उदयपुरको बेलका नगरपालिका–८ स्थित कोठुमा निर्माण सम्पन्न भएको उक्त होटल हुन कोसी प्यालेस होटल कोसी प्यालेसले राष्ट तथा अन्र्तराष्ट्रिय पर्यटन लक्षित गरी सञ्चालनमा ल्याउन लागेको हो । जसको समुदघाटन यहि आउदै गरेको माघ २७ गते शनिबार बिहान १० बजेबाट एक भब्य कार्यक्रमका साथ नेपाल सरकारका पर्यटन मन्त्री मानननीय सुधन किरातीको बाहुल्यबाट हुदैछ ।

कोसी,तमोर करिडोर, मदन भण्डारी,मध्यपहाडी पूष्पलाल राजमार्ग, कोसी जल पर्यटन लगायतका राष्ट्रिय महत्वका परियोजनाको ट्रान्जिट पोइन्टका रुपमा विकास भइरहेको उक्त स्थानमा सञ्चालनमा आउन लागेको होटल कोशी प्यालेसले पर्यटन बिकासमा टेवा पु¥याउने बिश्वास लिएको होटलका सञ्चालक सम्पत राईले जानकारी दिए । राईका अनुसार कोसीपुल,मैनामैनी,हसनपुर,घोरेटार हुँदै भोजपुर जाने सडकको मुख्यद्वारमा अवस्थित होटलले आन्तरिक तथा बाह्य पर्यटकको बसाइलाई सुविधाजनक बनाउने लक्ष्य राखेको छ ।

त्यस्तै कोसी नदीमा जल पर्यटनका लागि आउने आन्तरिक पर्यटक, चतरा हुँदै राजधनी जाने यात्री, पश्चिम नेपाल र राजधानीबाट भीमान,गाईघाट हुँदै ताप्लेजुङको पाथीभरा पुग्ने तीर्थयात्री साथै भारतको बङ्गाल, बिहार र तेस्रो मुलुकबाट तीर्थाटनका लागि वराहक्षेत्र आउने पर्यटकका लागि लक्षित गरी सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याउन लागेको पनि सञ्चालक राईको भनाई छ । राईले दिएको जानकारी अनुसार डेढ वर्षअघिदेखि निर्माण सुरु गरिएको उक्त होटल कोसी प्यालेस गत पुस १६ गतेदेखि प्रि ओपनिङ गरी सञ्चालनमा ल्याएपनि पनि औपचारिक उद्घाटन भने यहि माघ २७ गते हुँदैछ ।

भोजपुरको पर्यटनलाई चतरादेखि नै जोड्न लालायित संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको पनि उनले जानकारी दिए । २ कट्ठा जग्गामा निर्माण भएको होटलमा डेढ वर्षमा सम्पन्न हुँदा सात करोड रुपैयाँ लगानी भएको छ भने होटल कोसी प्यालेसमा विश्वस्तरीय कुजिन र कन्टिनेन्टल स्वाद स्थानीय पारखीहरुमा पस्कने छ भने स्थानीय मौलिक खाना र ढावा आइटमलाई समेत प्राथमिकता दिईनेछ । होटलमा पर्यटकका लागि तत्काल १५ वटा कोठा उपलब्ध छन । जहा नन एसी स्ट्यान्डर्ड डबल बेड २ वटा, स्ट्यान्डर्ड ट्रिपल बेड २ वटा, डिलक्स एसी क्विन बेड ४ वटा, सुप्रिम डिलक्स २ वटा, लक्जरी चेम्बर बाथटब अट्याच्ड एउटा र फेमिली रुम एउटा उपलब्ध रहनुका साथै प्रतिकोठा प्रतिदिन २ हजार रुपैयाँदेखि ६ हजार रुपैयाँसम्मका कोठा उपलब्ध रहेको ब्यवस्थापक संगीत सिग्देलले जानकारी दिए ।

त्यस्तैगरी होटलमा एउटा कन्फेरेन्स हल, दुई वटा रेस्टुरेन्ट र किड्स पुल समेत रहेको सिग्देलले जानकारी दिएका छन । त्यस्तै उक्त होटलमा किचन डिपर्टमेन्टमा २० औ वर्ष लामो अनुभवी सेफ का साथै उक्त क्षेत्रमै पहिलो पटक कफी मेसिनबाट उत्पादित कफी सेवाका साथै तन्दुर, नान समेत पहिलोपटक उपलब्ध हुनेछ होटल सञ्चालकहरुले जानकारी दिएका छन । बाह्य पर्यटकका रुपमा बढीजसो भारतीय पर्यटक यस क्षेत्रमा आउने भएकाले भारतीय परिकारका विभिन्न स्वादका साथै यहाका स्थनीय मौलिक परिकारलाई समेत परिचित गराईनुका साथै यहा आएका पाहुनालाई आतिथ्य सत्कार सहितको स्तरीय आवासीय व्यवस्था मिलाउने पनि सञ्चालकहरुको भनाई छ ।