©AAYO NEWS & GK VLOGS
17Shares

सुनसरीको धरानमा जारी टेस्टि टेस्टी नुडल्स २४ औ गोधुली रनिङ कपमा वडा न १४ लाई ३-० गोलले हराउदै वडा न १७ गोधुलि कपको फाइनल प्रवेश गरेको छ ।

आज बिहिवार धरान १६ स्थित धरान रङ्गशालामा दिउँसो ३ बजेबाट सुरु भएको अन्तिम सेमिफाईनल खेलेमा वडा १४ लाई वडा न १७ ले ३-० गोल अन्तरले हराउदै फाईनल यात्रा तय गरेको हो ।

निर्धारित ८० मिनेटको खेलमा वडा न १७ को तर्फ बाट जर्सी न ३२ का युनिश बुढाथोकीले खेलको पहिलो हाफको ३५ औ मिनेटमा १ गोल गरेभने खेलको दोस्रो हाफको ३७ औ मिनेटमा जर्सी न १२ का मिलन राईले थप १ गोल र जर्सी न १० का कृष्ण राईले खेलको दोस्रो हाफको ४५ औ मिनेटमा थप १ गोल गर्दै आफ्नो टिमलाई ३-० गोल अन्तरले जित दिलाउन सफल भएका हुन ।

आजको खेलको म्यान अफ द म्याच पनि वडा नं १७ का जर्सी न ३२ का युनेश बुढाथोकी घोषित भए भने उनले नगद २५ सय सहित मेडल तथा प्रमाण पत्र प्राप्त गरेको छ।

यो खेल समापन संगै अब माघ २७ शनिबार हुने प्रतियोगिताको फाईनल भिडन्तको लागि धरान वडा न १३ र वडा न १७ एक अर्का बिरुद्ध खेल्नेछ ।

प्रतियोगिता फाईनल बिजेता टोलीले नगद १ लाख ५० हजार र उपविजेता टोलीलाई नगद ७५ हजार पुरस्कार प्राप्त गर्नेछ भने यसबाहेक विजेता र उपविजेता टोलीलाई वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई र बेलायत निवासी उनका बुबा ध्यानबहादुर राईले थप २५/ २५ हजार दिने घोषणा समेत गरेका छन । खेलका वेष्ट प्लेयरले १५ हजार र हाई स्कोरले ७ हजार ५ सय पुरस्कार पाउनेछन् भने विधागत उत्कृष्ट खेलाडीहरुले नगद ५ हजार ५ सय पुरस्कार पाउने आयोकज क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए।