4Shares


नेपाल तामाङ घेदुङ धरान उपमहानगर कार्यसमितिले २८६० सोनाम ल्होछारको अवसरमा बृहत सांस्कृतिक महोत्सवको आयोजना गर्देछ । महोत्सवको समुदघाटन आउदो माघ २७ गते शनिबार पब्लिक स्कुलको खेल मैदान धरान १२ मा हुनेछ । बिहिबार तामाङ घेदुङ नगर समितिले धरानमा पत्रकार सम्मेलन मार्फत उक्त सास्कृतिक महोत्सवबारे जानकरी दिए ।

उक्त पत्रकार सम्मेलनमा नेपाल तामाङ घेदुङ धरान उपमहानगर कार्यसमितिका अध्यक्ष तथा महोत्सव सम्योजक सपन योन्जनले तामाङ जातीको नयाँ बर्षको रुपमा मनाउँदै आएको सोनाम ल्होछारका कार्यक्रमहरु यस अघिका बर्षमा वडा वडामा गरिएता पनि यस बर्ष बृहतरुपमा मनाउने तयारी गरेको जानकारी दिए । उनले तामाङ जातीहरुको संस्कार र संस्कृति बारेमा तामाङ सुमदायमै जानकारी गराउन बोध गराउन पनि महोत्सवको आयोजना गरिन लागेको पनि बताए ।

माघ २७ गतेबाट शुरु भई फागुन ५ गते सम्म चल्ने उक्त महोत्सवमा तामाङ जातिको पहिचान झल्काउने संस्कृति तथा चाड मनाईनुका साथै ऐतिहासिक परम्परालाई प्रवर्द्धन संगै धरानको पर्यटन, पर्यावरणलाई सम्बर्द्धन प्रवर्द्धन गर्नेु हुनेछ भने पर्यटक, भित्र्याउने र आर्थिक क्रान्तिमा टेवा समेत पुयाउने उदेश्य समेत रहेको आयोजकले जनाएको छ । सोही महोत्वमा मनोञ्जनात्मक खेलहरु रोटे पिङ,ड्रागन, मिकी माउस खेल तमासाका अवाला पर्यटन प्रवर्द्धनको लागि बृहत फोटो पेन्टिङ प्रदर्शनीका साथै दैनिक साँस्कृतिक कार्यक्रमहरु समेत गरिनेछ ।

त्यसैगरी सोही कार्यक्रम अबधीभर तामाङ जातिहरुका साथै धरानमा बसोबास गर्ने सम्पूर्ण जातजातीहरुमा शुभकामना आदान प्रदान गर्ने कार्यक्रम समेत रहेको आयोेजक नेपाल तामाङ घेदुङ धरान उपमहानगर कार्यसमितिले जनाएको छ । ८० बटा स्टलहरुमा विभिन्न जातिय परिकारहरू समेत तयारी गरिनेछ भने मेला भर्न आउनेहरुले ती परिकारहरुको स्वाद लिन सकिने उक्त महोत्सवको समुद्घघाटन भने धरान उपमहानगरपलिकाका मेयर हर्क साङपाङको प्रमुख आथित्यतामा हुने नगर समितिका सदस्य तथा महोत्सव व्यवस्थापनका संयोजक दिपक घिसिङले आयोन्युजलाई जानकारी दिएका छन ।