49Shares


संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पर्यटक भित्र्याउने राष्ट्रिय लक्ष्य पूरा गरेको बताएका छन । शनिबार बेलका नगरपालिका वडा नं ८ स्थित कोशी नदी किनारमा निर्माण भएको एक होटलको सञ्चालनका निम्ती गरिएको समुद्धघाटनका क्रममा मन्त्री किरातीले उक्त कुरा बताए । मन्त्री किरातीले बृहत्तर रुपमा पर्यटनका निम्ति संरचनाहरु निर्माण गर्नुपर्ने बताउदै आफुले लगानीमैत्री पर्यटन नीति बनाउनका निम्ति मस्यौदा समेत अन्तिम चरणमा पुर्याएर अर्थ मन्त्रालयमा पठाएको बताए ।

उनले भने हामीले पर्यटन भित्राउने राष्ट्रिय लक्ष्य पूरा गर्ये ल्यक्ष १० लाख थियो तर हामीले १० लाखभन्दा बढी पर्यटक ल्याइसक्यौ । यतिले मात्र हुदैन यसलाई १० दुना २०, २० दुना ४० अङ्क गणितीय अथवा ज्यामितीय हिसाबले वृद्धि गर्नुछ मन्त्री किरातीले भने,पर्यटन नै हाम्रो देशको आर्थिक विकासको मेरुदण्ड भएको नाताले पर्यटनको विकास गर्नुको अरु विकल्प छैन । मन्त्री किरातीले एकातिर राष्ट्रिय लक्ष्य त पूरा गरे पनि पर्यटनलाई अझ सहज बनाउनका निम्ति पर्यटन ऐन परिवर्तन गर्नुपर्ने जिम्मेवारी आइपरेको बताए ।

मन्त्री किरातीले आगामी १० वर्षमा ३५ लाख पर्यटक मुलुक भित्र्याउने लक्ष्य पूरा गर्न काठमाडौको सिङ्गल अप्रोच एयरपोर्टले धान्न नसक्ने बताएका थिए । नयाँ विमानस्थल सहित नचलेका विमानस्थललाई एउटै बास्केटमा राखेर पीपीपी मोडलमा कसरी लान सकिन्छ भन्ने विषयमा अध्ययन कमिटी गठन समेत सरकारले गरेको बताए । एक अर्काे प्रसंगमा मन्त्री किरातीले ऐन कानुनहरु एउटा टेबलबाट उद्योगी व्यवसायीले आफ्नो काम फत्ते गर्ने गरी आजको परिस्थितिलाई धान्न सक्ने बोध गर्न सक्ने लगानी मैत्री पर्यटन नीति बनाउनका निम्ति हामीले मस्यौदा अन्तिम चरणमा पुर्याएर अहिले हाम्रो अर्थ मन्त्रालयमा पठाएका छौ ती सबै कानुन हुँदै क्याबिनेट भएर संसदमा पुर्याउने छौं । मन्त्री किरातीले आजको पर्यटनलाई आत्मसात गरेकोले बढीभन्दा बढी निजी क्षेत्रका कुरा सुनेको समेत बताए ।

सोही कार्यक्रममा ‘होटल कोसी प्यालेस’का सञ्चालक एमब कार्यक्रममा सभाअध्यक्ष समेत रहेका सम्पत राईले कोसी करिडोर, तमोर करिडोर, मदन भण्डारी राजमार्ग, मध्यपहाडी राजमार्गलगायतका राष्ट्रिय महत्वका परियोजनाको ट्रान्जिट पोइन्टका रूपमा विकास भइरहेको कोठुमा ‘होटल कोसी प्यालेस’ नामक होटल सञ्चालनमा ल्याएको बताए । उनले कोसीपुल– मैनामैनी–हसनपुर–घोरेटार हुँदै भोजपुर जाने सडकको मुख्यद्वारमा अवस्थित होटलले आन्तरिक तथा वाह्य पर्यटकको बसाइलाई सुविधाजनक बनाउने लक्ष्य राखेको समेत बताए । उनले कोसी नदीमा जल पर्यटनका लागि आउने आन्तरिक पर्यटक, चतरा हुँदै राजधनी जाने यात्री, पश्चिम नेपाल र राजधानीबाट भीमान–गाईघाट हुँदै ताप्लेजुङको पाथीभरा पुग्ने तीर्थयात्री साथै बङ्गाल, बिहार र तेस्रो मुलुकबाट तीर्थाटनका लागि वराहक्षेत्र आउने पर्यटकका लागि लक्षित गरी सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याएको सञ्चालक राईको भनाई थियो ।

डेढ वर्षअघिदेखि निर्माण सुरु गरिएको होटल गत पुस १६ गतेदेखि सञ्चालनमा ल्याइए पनि औपचारिक उद्घाटन आज भने शनिबार गरिएको थियोे । २ कठ्ठा जग्गामा निर्माण भएको होटलमा डेढ वर्षमा सम्पन्न हुँदा सात करोड रुपैयाँ लगानी भएको सञ्चालक सम्पत राईले जानकारी दिए । होटल कोसी प्यालेसमा विश्वस्तरीय कुजिन र कन्टिनेन्टल स्वाद स्थानीय पारखीहरुमा पस्कने छ भने स्थानीय मौलिक खाना र ढावा आइटमलाई समेत प्राथमिकता दिईनेछ । होटलमा पर्यटकका लागि तत्काल १५ वटा कोठा उपलब्ध छन । जहा नन एसी स्ट्यान्डर्ड डबल बेड २ वटा, स्ट्यान्डर्ड ट्रिपल बेड २ वटा, डिलक्स एसी क्विन बेड ४ वटा, सुप्रिम डिलक्स २ वटा, लक्जरी चेम्बर बाथटब अट्याच्ड एउटा र फेमिली रुम एउटा उपलब्ध रहनुका साथै प्रतिकोठा प्रतिदिन २ हजार रुपैयाँदेखि ६ हजार रुपैयाँसम्मका कोठा उपलब्ध रहेको ब्यवस्थापक संगीत सिग्देलले जानकारी दिए ।

त्यस्तैगरी होटलमा एउटा कन्फेरेन्स हल, दुई वटा रेस्टुरेन्ट र किड्स पुल समेत रहेको सिग्देलले जानकारी दिएका छन । त्यस्तै उक्त होटलमा किचन डिपर्टमेन्टमा २० औ वर्ष लामो अनुभवी सेफ का साथै उक्त क्षेत्रमै पहिलो पटक कफी मेसिनबाट उत्पादित कफी सेवाका साथै तन्दुर, नान समेत पहिलोपटक उपलब्ध हुनेछ होटल सञ्चालकहरुले जानकारी दिएका छन । बाह्य पर्यटकका रुपमा बढीजसो भारतीय पर्यटक यस क्षेत्रमा आउने भएकाले भारतीय परिकारका विभिन्न स्वादका साथै यहाका स्थनीय मौलिक परिकारलाई समेत परिचित गराईनुका साथै यहा आएका पाहुनालाई आतिथ्य सत्कार सहितको स्तरीय आवासीय व्यवस्था मिलाउने पनि सञ्चालकहरुको भनाई छ ।